- प्रा.पवन कुमार साह
सियानगरी जनकपुरधामबाट शुक्रबार गरगहना सहितको भार लिएर जलेश्वर सहितको हुलाकी सडक हुदै अयोध्यामा सियाको वर प्रभु रामचन्द्रको मन्दिर ट्रष्टलाई बुझाइएको छ । जनकपुरधामबाट सहमहन्थ रामरोशन दास वैष्णवको नेतृत्वमा गएको भार टोलीले माता सिता र भगवान रामको अमर कथालाई फेरी जिउँदो गरेको छ । भारतमा रामललाको मन्दिर बनाउन वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको अथक प्रयासले सम्भव भएको छ भने रामललाको मन्दिरको प्राणप्रतिष्ठाको अवसरलाई सबैले स्वागत गरेको क्षणमा जनकपुरधामबासी यसबाट बञ्चित हुनु कथकदाचित राम्रो नहुने ठानेर नै गरगहना सहित कोसेली,वन निर्देशनालयबाट रुद्राक्षको वोट र विशाल टीमको सहभागिता दर्ज गराइएको हो । यो ऐतिहासिक पल सबै मानवजातिलाई एक पटक पक्कै पनि सोच्न बाध्य गर्ने छ की वास्तवमा मर्यादा पुरुषोत्तम राजा राम र माता सिता अनुकरणीय तथा व्यवहारिक हुनु हुन्छ । नेपाल भारतको सदियोदेखि रहि आएको धार्मिक,साँस्कृतिक,बैबाहिक तथा बेटीरोटीको सम्बन्धलाई मजबुत बनाउन यो कोसेलीले ईट थप्ने काम गर्ने छ भन्ने आशा गर्न सकिन्छ । सिया र वर रामचन्द्रको आशिर्वाद सबैलाइै प्राप्त होस् ।
