धनुषाको ढल्केबरमा शिवगुरु महोत्सव हुने – Jaleshwortoday

धनुषाको ढल्केबरमा शिवगुरु महोत्सव हुने

 January 18, 2024  
Shiv-Jan-Jan-K-Guru-Hain-Bhojpuri-2019-20191121001512-500x500

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ माघ

धनुषा जिल्लाको ढल्केबरमा शिवगुरु महोत्सव हुने भएको छ । मिथिला नगरपालिका वडा नं.—६ ढल्केबरमा माघ ६ गते शनिवार दिनको १० बजेदेखि शुरु हुने महोत्सवको संयोजक रामकुमार महतोले बताए । प्रत्येक ५ वर्षमा ढल्केबरमा आयोजना हुने शिवगुरु महोत्सव यस वर्ष पनि भव्यताका साथ मनाइने बताइएको छ । शिव शिष्य परिवार मधेस प्रदेशमै व्यापक रहे पनि खास गरेर महोत्तरी,धनुषा तथा सिरहाका शिव शिष्य तथा शिष्याहरुको उपस्थिति रहने संयोजक महतोले बताउनुभयो ।