राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेशमा सार्वजनिक बिदा दिन जानकी मन्दिरको आग्रह – Jaleshwortoday

राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेशमा सार्वजनिक बिदा दिन जानकी मन्दिरको आग्रह

 January 19, 2024  
6

जलेश्वरटुडे समाचारदाता
धनुषा, ४ माघ

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिन माग गरिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापन पत्र बुझाउँदै माग गरेका हुन् । अगामी माघ ८ गते अर्थात् जनवरी २२ तारेखमा राममन्दिरको प्राण प्रतिष्ठा हुँदै छ । सो दिन प्रदेशभरि सार्वजनिक बिदा दिइ र दिपावली मनाउन ज्ञापन पत्रमा माग गरिएको छ । वर्षौंको विवादपछि अदालतको निर्णयअनुसार अयोध्यामा भगवान रामको विकाल मन्दिर निर्माण भई मन्दिरको समुद्घाटन तथा श्रीरामललाको प्राण प्रतिष्ठाको सुखद खबरले विश्वकै हिन्दु धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएकाले सो दिन दिपावली मनाउन आग्रह गर्दै प्रदेशमा सार्वजनिक बिदा दिन आग्रह गरेका हुन् ।