ज्ञान गंगाद्वारा कथक नृत्य प्रशिक्षक हृदेव रायलाई सम्मान – Jaleshwortoday

ज्ञान गंगाद्वारा कथक नृत्य प्रशिक्षक हृदेव रायलाई सम्मान

 February 5, 2024  
3

जलेश्वरटुडे समाचारदाता
धनुषा, २१ माघ

जनकपुरधाममा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले कथक नृत्य नर्तक तथा प्रशिक्षक हृदेव रायलाई विद्यालय प्रांगणमा शिक्षक—शिक्षका तथा विद्यार्थीहरुको उपस्थितिमा सम्मान गरेका छन् । मैथिली विकास कोष जनकपुरधामको आयोजनामा माघ १८ गतेदेखि महेन्द्र नारायण निधि साँस्कृतिक केन्द्र जनकपुरधाममा संचालन भएको जनकपुरधाम साहित्य—कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा माघ २१ गते आफ्नो विशेष प्रस्तुति दिन राय तथा उनको दिल्लीकी शिष्या सान्वी जैन जनकपुरधाम आएका थिए । रायले उपस्थित शिक्षक—शिक्षिका तथा विद्यार्थीहरुलाई सम्बोधन गर्दै आफ्नो कथक नृत्य सम्बन्धी यात्राको बारेमा बताउदैं सबैलाई समाज र देशको लागि काम गर्नुपर्ने बताउनुभयो । प्रधानाध्यापक पवन कुमार साह लगायत उपस्थिति गुरुहरुले रायलाई टीका तथा मधेसको पहिचान गमछा ओढाई सम्मान गरेका थिए । रायले आफ्नो प्रस्तुति हेर्न सम्पूर्ण शिक्षकहरु तथा विद्यार्थीहरुलाई आग्रह गरेका थिए । प्रधानाध्यापक साहले रायको नृत्य तथा कलाकारी यात्रासम्बन्धी बखन गरेका थिए ।