आमसञ्चार प्राधिकरणद्वारा संचालक तथा प्रधान सम्पादक साहलाई सम्मान – Jaleshwortoday

आमसञ्चार प्राधिकरणद्वारा संचालक तथा प्रधान सम्पादक साहलाई सम्मान

 February 13, 2024  
1

जलेश्वरटुडे समाचारदाता
धनुषा, २९ माघ

मधेस प्रदेश आमसन्चार प्राधिकरण,मिडिया काउन्सिल तथा चलचित्र बोर्डको सन्युक्त रुपमा तेस्रो स्थापना दिवसको अवसरमा जलेश्वरटुडे डटकम अनलाइनका संचालक तथा प्रधान सम्पादक पवन कुमार साहलाई सम्मान गरिएको छ । ४ औ वर्षमा प्रवेश गरेको अवसरमा प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादवले संचालक साहलाई मधेसको शान गमछा ओढाई सम्मान गर्नु भएको थियो । यस शुभ अवसरमा संचालक साहले प्रदेश सरकार र तिनै सरोकारबाला संस्था, प्रमुख पदाधिकारी तथा कर्मचारीहरुलाई लाखौं लाख वधाई दिनुका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । संचालनक साहले प्राधिकरणको अध्यक्ष यादवलाई समेत अथक प्रयासले अहिलेसम्म प्रदेशमा अनलाइन सेवा सुचारु गर्न अभावमा पनि कुशल रहेको भनेर प्रशंसा गर्नु भएको थियो ।