ज्ञान गंगाद्वारा प्रभात फेरी कार्यक्रमको आयोजना – Jaleshwortoday

ज्ञान गंगाद्वारा प्रभात फेरी कार्यक्रमको आयोजना

 February 14, 2024  
426514815_4411297409096369_7413068361392541572_n

सोनी साह
धनुषा, १ फागुन

मधेस प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलद्वारा आफ्नो ७ औं वार्षिकोत्सव तथा माता सरस्वती पुज्नोत्सवको अवसरमा मंगलबार प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको छ ।
यो विद्यालय वि.सं.२०७४ साल सरस्वती पुजाको दिन स्थापना भएको कारण आफूले यसै दिन वार्षिकोत्सव तथा माता सरस्वतीको पुज्नोत्सव कार्यक्रम धुमधामले प्रत्येक साल मनाउने गरेको तथा एक दिन पूर्व प्रभात फेरी कार्यक्रम मनाउदै गरेको विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साहले बताउनुभयो । प्रभात फेरी कार्याक्रम विद्यालयबाट शुरु भई एयरपोर्ट रोड हुदै हनुमाननगर,रामपुर,कुवा,कुपेश्वरनाथ मन्दिर,राजदेवी मन्दिर(कुवा),क्याम्पस चौक हुदै पुनः विद्यालय पुगेर कार्यक्रम समापन भएको थियो । कार्यक्रममा विद्यालयको उपप्रधानाध्यापक सोनी साह,संयोजक संगीता श्रेष्ठ,वरिष्ठ शिक्षक सरोज कुमार झा,विवेकानन्द झा, ईन्चार्ज राधा साह लगायत जय मिश्र,निलम पाण्डेय,रागनी ठाकुर,रुचीका यादव,सपना चौधरी,किरण शर्मा,राखी कर्ण,प्रशासक विद्या कर्ण,लेखापाल वरुण साह,कार्यालय सहयोगी रीना ठाकुर तथा छात्राछात्राहरुको उपस्थिति रहेको थियो । विद्यालयका विद्यार्थीहरु रैलीमा नेपालको झण्डा,प्ले कार्ड तथा विद्यालय झण्डा बोकेका थिए । विद्यालयको शिक्षा हाम्रो समाजको निव हो तथा यस सम्बन्धमा जनजागरण हुनुपर्दछ जस्ता शिक्षाप्रद संदेशहरु शिक्षक जय भिश्रद्वारा दिइदै प्रभात फेरी कार्यक्रम अगाडी बढाइएको थियो । कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक प्रा.पवन कुमार साहले गर्नु भएको थियो भने उद्घोषण शिक्षक जय मिश्रले गर्नु भयो । कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबै महानुभावहरु तथा विशेष रुपमा रैली भरी आफ्नो अमूल्य समय दिई शान्ति सुरक्षा प्रदान गरेको हनुमाननगर चौकी परिवारलाई प्र.अ. साहले लाखौं लाख धन्यवाद दिनुका साथै आभार व्यक्त गर्नुभयो ।

424585116_4411301595762617_1775542705384231849_n