लव जिहादः नाम र धर्म लुकाएर यौन शोषण, युवतीलाई बच्चा भएपछि मोहन साह भन्ने मो.असरफ अली फरार, न्यायको खोजीमा पीडित युवती – Jaleshwortoday

लव जिहादः नाम र धर्म लुकाएर यौन शोषण, युवतीलाई बच्चा भएपछि मोहन साह भन्ने मो.असरफ अली फरार, न्यायको खोजीमा पीडित युवती

 April 8, 2024  
2

जलेश्वरटुडे समाचारदाता
रौतहट, २६ चैत्र

रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं ४ सरूअठा निवासी सकिल मियाको नाती मो.अतितुल्लाहको छोरा मो. असरफ अलिले पहिला देखि नै एउटा विवाह गरिसकेका छन् अनि त्यो महिलासँग उसको छोराछोरी पनि रहेको रहस्य पछि थाहा पाए । पीडित युवतीको भनाई अनुसार मलाई समाजिक संजाल मार्फत मोहन साह नामले कुराकानी गर्दागर्दै आफ्नो तर्फ नजिक गर्न थाले अनि मसँग बिहे गर्ने प्रतिबद्धता दिएर ३ बर्षदेखि लगातार शारीरिक शोषण गरेको युवती बताइन् ।

मो.असरफ अलिले ३ बर्षमा ४ वटा गर्भपतन मेरो गराएका छन् । त्यति मात्र होइन जब उसको मबाट इच्छाशक्ति पूरा भइसके अनि म विवाहको लागि निरन्तर दबाब दिन थाले त्यसपछि उसले मलाई सर्लाहीबाट लगेर रौतहट जिल्लाको सदरमुकाम गौर स्थित नेपाल विधुत कार्यालय देखि दक्षिण तर्फ महादेवपट्टी जाने सडकको छेउमा एउटा रहेको घरमा मलाई कोठा भाडामा लिएर राखेका थिए । असरफले आफू पनि मेरो शारीरिक शोषण गरे साथसाथै आफ्नो साथीहरूलाई लिएर आउन थाले त्यसपछि मैले अरूसँग शारीरिक सम्पर्क गर्न मानेनन् अनि मलाई विभिन्न किसिमको यतना, कष्ट, शोषण सुरु उसले मसँग गर्न थालेको युवती बताएकी छिन् ।