जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १९ बैशाख
१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस जनकपुरधाममा पनि मनाइएको छ ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर जनकपुरधाममा बुधबार बिहान वृहत्त र्याली तथा श्रमिक सभा गरिएको हो ।
नेपाल टे«ड युनियन कांगे्रस धनुषाले आयोजना गरेको र्याली रेल्वे स्टेशनबाट सुरु भई विभिन्न चोकको परिक्रमा गरेर जनकचोकमा पुगेको थियो ।
जनकचोकमा र्याली कोणसभामा परिणत भई वक्ताहरुले श्रमिकको अधिकारको आवाज बुलन्द गरे ।
नेपाल टे«ड युनियन कांग्रेस धनुषाका जिल्ला अध्यक्ष महावीर दासको अध्यक्षतामा भएको कोणसभामा नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका सांसद निधिले श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि हुनुपर्ने माग गरे । यसैगरी उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा जोड दिए ।
१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधवार जनकचोकमा आयोजित कोणसभामा नेपाली कांग्रेस मधेश प्रदेशका सांसद रामसरोज यादवले पनि श्रमिकको अधिकारको माग उठाए ।
सो अवसरमा नेपाली कांग्रेसका नेता डा. चन्द्रमोहन यादव, नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामसिनेही यादव, शिक्षक, कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
