सताईस थान विपत्त सामाग्री हस्नान्तरण – Jaleshwortoday

सताईस थान विपत्त सामाग्री हस्नान्तरण

 June 21, 2024  
6

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ६ आषाढ

 

सताईस थान विपत्त सामाग्री हस्नान्तरण वितरण गरिएको छ ।

गणेशमान चारनाथ नगरपालिकाबाट नेपाली सेना ब १ राजदल गण धारापानी व्यारेक धनुषालाई विपत्त व्यवस्थापन कार्यका लागी महेन्द्र राजमार्गमा प्रसस्त मात्रामा हुने दुर्घटनाको आधार सुख्खा महीनामा आगलगी नियन्त्रण वर्षायामको समयमा अत्यधिक वर्षाको कारणले डुवान तथा क्षती न्युनिकरण कार्य गर्दै आईरहेकोमा उक्त गणबाट यस भेगमा राहत र उद्धार कार्यमा आवश्यक पर्ने सामाग्रीहरु यस नगरपालिकाका नगर प्रमुख जितनारायण यादव, उपप्रमुख तुलसा कुमारी पाण्डेय, लेखा अधिकृत रणजित कुमार यादव प्रसासकीय अधिकृत सुर्य नारायण सिंह समुह उपस्थितीमा न. १ राजदल गणका सेनानी श्री बम बहादुर लिम्बु ज्यूलाई जम्मा सताईस थान विपत्त सामाग्री हस्नान्तरण गरियो ।