मकवानपुरमा बञ्चरो प्रहारबाट श्रीमतीको हत्या – Jaleshwortoday

मकवानपुरमा बञ्चरो प्रहारबाट श्रीमतीको हत्या

 August 13, 2024  
1

जलेश्वरटुडे समाचारदाता
मकवानपुर, २९ श्रावण

मकवानपुरमा एक युवकले बञ्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । मकवानपुरको कैलाश गाउँपालिका—५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले सोमबार १८ वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

मानसिक रोगको औषधि सेवन गर्दै आएका पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेको पाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । मंगलबहादुरले लक्ष्मीको हत्या गरेको घटना छिमेकीले थाहा पाएपछि मंगलबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए ।

प्रहरीले सोमबार राति नै उनलाई पक्राउ गरेर पालुङस्थित प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । उनीहरूको १३ महिनाकी छोरी रहेको सोही वडाका वडाध्यक्ष छेकु लामाले जानकारी दिए ।