सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु – Jaleshwortoday

सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

 August 13, 2024  
3

जलेश्वरटुडे समाचारदाता
सप्तरी, २९ श्रावण

सप्तरीको शम्भुनाथ नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिम तर्फबाट पूर्व जाँदै गरेको ट्रक मंगलबार बिहान साढे ६ बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

चालक मोरङ उर्लाबारी न.पा. १ बस्ने २५ वर्षीय सबिन राईको मृत्यु भएको हो। मधेश प्रदेश-०३-००१ ख ८१८१ नं. को १२ चक्के ट्रक मोहनपुर पुलबाट अन्दाजी २० मिटर तल खसेको हो।

पुलबाट खसेर दुर्घटना हुँदा चालक सोही ट्रकमा फसेका थिए। सोही ट्रकमा च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको छ। क्रेन र जेसिबीको सहयोगमा शव निकाल्ने सफल भएको प्रहरीले जनाएको छ।