सोनी साह
धनुषा, १ भदौं
ज्ञान गँगा ईन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थीहरुले रक्षाबन्धनको अवसरमा राखी बनाउनमा व्यस्त देखिएका छन् ।
यहाँका विद्यार्थीहरुले आफ्नै प्रयासले राखी बनाएर हस्तकलाको अनुपम प्रदर्शन गरेका छन । यो प्रतियोगिता शुक्रबार विद्यालय परिसरमा संचालन गरिएको थियो । यस प्रतियोगितामा कक्षा १ देखि ६ कक्षासम्मका विद्याथीहरुले सहभागिता जनाएका थिए । त्यस मध्ये कक्षा ५ बाट प्रथम आदित्य राज कुमार साह, द्वितीय दिपक दास र तृतीय कक्षा २ बाट प्रतिमा दासले स्थान ल्याउन सफल भएका थिए । सो विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साहले स्थान अगोटन सफल नभएका विद्यार्थीहरुको मिहिनेतलाई समेत कदर गर्दै सबैको उच्च प्रशंसा गर्नु भएको थियो । प्र.अ.साहले रक्षाबन्धन भाईबहिनीको प्रेमको प्रतिकको पर्व रहेकोले सबैलाई रक्षाबन्धनको अग्रिम हार्दिक बधाई तथा शुभकामना समेत दिनु भएको थियो । साथै शनिवार लिओ कल्ब अफ जनकपुरधामको व्यवस्थापन तथा लाइन्स कल्व अफ जनकपुरधामको प्रायोजनमा जनकपुरधाममा संचालन भएको हाथले राखी बनाउने प्रतियोगितामा ज्ञान गंगा ई.पब्लिक स्कुलका विद्यार्थीहरुले आफ्नो हस्तकलाको राम्रो प्रस्तुती दिएर प्रशांस पत्र प्राप्त गरका थिए । सहभागि हुने विद्यार्थीहरुमा आदित्य राज कुमार साह र दिपक दास रहेका थिए । गुरु रोशनी यादव,राधा साह र विकास कर्ण लगायत सबैको सहयोग रहेको थियो ।
