जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३ भाद्र
शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा देशबासी एवम् प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
यस पर्वले सम्पूर्ण प्रदेशवासी सबै दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् ।
मन्त्री तिवारीले आज एक शुभकामना सन्देश जारी गर्दै भनेकी छिन्– दिदीबहिनी दाजुभाईको निस्वार्थ आत्मीयता र प्रेमको प्रतीक रक्षा(राखी) बन्धन पर्वले तपाईंहरुको आपसी माया अझ प्रगाढ होस् ।
श्रावण शुक्ल पूर्णिमाको यो दिनमा रक्षा बन्धन र जनै पूर्णिमालाई समुदाय विशेषअनुसार फरक तरिकाले मनाइनु पनि धार्मिक सहिष्णुताकै सबैभन्दा दरिलो उदाहरण हो ।
शुभकामना सन्देशमा अगाडि भनिएको छ–आपसी एकता र सद्भावले समृद्ध प्रदेश निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छु ।
मधेश प्रदेशसहित देशभर आज रक्षा बन्धन र जनै पूर्णिमा मनाउँदै छ ।
