जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ७ भाद्र
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले शुक्रबार प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
परीक्षाफल प्रकाशन तथा वितरण कार्यक्रमको अध्यक्षता विद्यायको प्रधानाध्यापक प्रा.पवन कुमार साहले गर्नु भएको थियो । कार्यक्रमको शुरुवात कार्यक्रमको प्रमुख अतिथि अभिभावक तथा हिन्दु सम्राट सेनाको केन्द्रीय सदस्य सन्तोष कुमार साहले फुलको गमलामा पानी हालेर गर्नु भएको थियो । प्र.अ.साह,वरिष्ठ शिक्षक सरोज कुमार झा र विवेकानन्द झाले समेत सँयुक्त रुपमा फुलको गमलामा जल चढाएका थिए । उपस्थित गुरुवर्ग,अभिभावक,कर्मचारी तथा विद्यार्थीहरुलाई यथास्थानमा स्थान ग्रहण गराइएको थियो ।
विभिन्न कक्षाका विद्यार्थीहरु तथा तिनका अभिभावकहरुले आ—आफ्ना विद्यार्थीहरुका परीक्षाफल बुझ्न तथा लब्धाँक पत्र लिन विद्यालयमा आएका थिए । परीक्षाफल बुझ्ने तथा लिने अभिभावकहरुको घुइचो देखिएको थियो । प्रत्येक कक्षाका प्रथम,द्वितिय तथा तृतिय स्थान ल्याउन सफल भएका विद्यार्थीहरुलाई टीका लगाई आकर्षक पुरस्कार दिइएको थियो । उपस्थित अभिभावकहरुलाई समेत टीका लगाई सम्मान गरिएको थियो । प्र.अ.साहले सबै उतिर्ण विद्यार्थी तथा उत्कृष्ट विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएका थिए । कार्यक्रम संचालन तथा उद्घोषण शिक्षक जय मिश्रले गर्नु भएका थिए ।
