रतौली युवा क्लब र सेभ द चिल्ड्रेन को सहयोगमा जिविको पार्जन लागि व्यवसायी समाग्री वितरण – Jaleshwortoday

रतौली युवा क्लब र सेभ द चिल्ड्रेन को सहयोगमा जिविको पार्जन लागि व्यवसायी समाग्री वितरण

 August 23, 2024  
5

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ७ भदौं

रतौली युवा क्लब र सेभ द चिल्ड्रेन को साझेदारिमा संचालित समुन्नति कार्यक्रम अन्तर्गत व्यवसाय संचालन गरि आफ्नो बालबालिकालाई विद्यालय पठनपाठन गर्न गराउने उदेश्यले व्यवसायी समाग्री वितरण गरिएको छ ।

रतौली युवा क्लब तथा से-भद चिल्ड्रेन साझेदारिमा जलेश्वर नगरपालिका तथा पिपरा गाउपालिकामा संचालित समुन्न्ती कार्यक्रम अन्तगत व्यपार व्यवसायी संचालन गर्ने किरानाको समाग्री ,नस्ता व्यवसायको लागि ठेला ,फैन्सी पसल लगायतका जम्मा १५ परिवारलाई व्यवसायी सामाग्री वितरण गरिएको CSL officer राहुल चौधरीले बताए।

चौधरी अनुसार रतौली युवा क्लब तथा से-भद चिल्ड्रेन साझेदारिमा हामी अहिले जलेश्वर नगरपालिकामा ५ बटा कृषक समूह र पिपरा गाउँ पालिकामा १ वटा कृषक समूह जम्मा गरि ६ बटा कृषक समुह संचालन गरि प्रतेक समूह मा १२ जना सदस्य राखी कृषकहरु आफ्नो जीवन सहज बनाउन र आफ्नो बालबालिका नियमित विद्यालय पढाउन उदेश्य सहयोग गर्दै आई रहेको समेत बताए ।

व्यपार संचालन गरि आ-आफ्नो बालबालिकालाई विद्यालय पठाई उच्च शिक्षा आर्जन गर्ने उदेश्यले रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीको भनाई रहेको छ ।
किराना पसल ,नस्ता पसल ,फैन्सी पसलका सामाग्री पाए पछि उनका अभिभावक खुशी भएका छन् ।