जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १० भाद्र
जनकपुरधामको विस्पीट्टीमा अवस्थित दुधमतिको दक्षिणपट्टी पर्ने घाँटको तटमा भगवान श्रीकृष्णको मन्दिरमा झाँकी किर्तन तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजन गरी नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ(इस्कोन)द्वारा कृष्णजन्मोत्सव मनाइएको छ ।
दिनभरी भगवान श्रीकृष्णको भक्ति भजन गरिएको थियो भने बेलुकीतिर दुधमति नदीमा गंगा आरती समेत गरिएको थियो । दिनभरी भगवन श्रीकृष्णको प्रसाद खिर वितरण गरिएको थियो । चप्पल तथा अन्य सामानहरुको व्यवस्थापन समेत व्यवस्थित देखिएको थियो । जसले गर्दा भक्तजनहरु निर्भिक्क भएर श्रीकृष्णको पुजा अर्चना गर्न पाएको भक्तजनहरुले बताएका थिए ।
सो कार्यक्रममा हजारौको संख्यामा भक्तजनहरुको भिडभाड देखिएको थियो । सो ठाउँमा अहिले तिनतल्ले भवन मन्दिरको लागि निर्माणधिन छन् भने मुल सडकबाट मन्दिरसम्म पुग्ने बाटो कच्ची रहेको छ ।
