हरितालिका तिज, चौरचन र गणेश चतुर्थीको शुभकामना – Jaleshwortoday

हरितालिका तिज, चौरचन र गणेश चतुर्थीको शुभकामना

 September 6, 2024  
Haryali teej

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ भाद्र

शौभाग्य र सुहागको प्रतिक हरितालिका तिज तथा छोराछोरीको लागि मनाइने गणेश चतुर्थी र चौरचन आज धुमधामसँग मनाइदै छ ।
हरितालिका तिजको अवसरमा आज प्रत्येक हिन्दु विवाहित महिलाले भगवान शिव तथा पार्वतिको ब्रत बस्ने छन् भने बेहुली झै सिंगारिएर आफ्नो पतिको दिर्घायुको मंगल कामना समेत गरी विभिन्न भक्तिभजन कार्यमा व्यस्त रहने छन् । त्यसैगरी
आज घरघरमा कमलको फुल,पात,माला आदि भित्र्याइने छ भने बेलुका पुरी,खिर,फलफुल,खाजा लगायतका सामाग्रीले भगवान चन्द्रमालाई अर्घ दिइने परम्परा रहेको छ । छोरा मान्छेले नै आज विभिन्न परिकारहरु एकै साथ बसेर खाने चलन पनि रहेको छ ।
त्यसैगरी आज गणेश चतुर्थीको अवसरमा प्रत्येक गणेश मन्दिरहरुमा पुजाआजा धुमधामसँग भइरहेको हाम्रा समाचारदाताहरु जानकारी गराएका छन् । यस अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Gyan Ganga