कांग्रेस-एमालेले लगाए बालेनले अराजकता निम्त्याउन खोजेको आरोप – Jaleshwortoday

कांग्रेस-एमालेले लगाए बालेनले अराजकता निम्त्याउन खोजेको आरोप

 September 9, 2024  
5

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २४ भाद्र

सत्तारूढ दलको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अराजकता निम्त्याउन खोजेको भन्दै छलफल भएको छ ।बालुवाटारमा सोमबार साँझ बसेको कांग्रेस र एमालेसहितका सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा यस्तो चर्चा भएको सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि अराजक हुँदै गएको र नियन्त्रण गर्नुपर्ने विषय बैठकमा उठेको हो ।’बैठकमा देशमा अराजकता हावी हुँदै जानुमा बालेन, प्रसाईं र अन्य प्रवृत्तिको हात रहेको विषय बैठकमा उठेको थियो,’ उनले भने ।त्यस्तै निवर्तमान प्रधानमन्त्री भएर पनि अराजक अभिव्यक्ति दिँदै हिँडेको भन्दै प्रचण्डबारे पनि बैठकमा कुरा उठेको उनले बताए ।’प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अराजकता र अस्थिरतालाई प्रश्रय दिन खोजेको विषयमा पनि छलफल भएको छ,’ उनले भने ।यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अलि जोड दिएर बोलेका थिए । बालेनको गतिविधि नियन्त्रण गर्नुपर्ने कुरा गर्दा लोकतान्त्रिक मूल्य मान्यतामाथि पनि हनन् हुनेमा सतर्क रहन कांग्रेसका नेताहरूको जोड थियो ।