धनुषाको शहीदनगर नगरपालिकामा छात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत शहीदनगर नगरपालिका–७ धबौलीस्थित श्रीएसएनआर जनता माविमा छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
बालविवाह न्युनिकरण परियोजना अन्तर्गत बेटी पढाउ, बेटी बचाउ अभियानमा सहयोगको उद्येश्यले सो सामग्री वितरण गरिएको आसमान नेपालका प्राविधिक संयोजक रितु तिवारीले बताइन् ।
विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच शहीदनगर नगरपालिकाका नगर उपप्रमुख सुनिता सिंहले छात्रालाई झोलासहितको सामग्री वितरण गरेकी हुन् ।
शहीदनगर नगरपालिका–७ का वडाध्यक्ष महेश्वर मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा आठ विद्यालयका १ सय ६० जना छात्रालाई झोलासहितको शैक्षिक सामग्री वितरण गरिएको थियो ।
सो अवसरमा वडा नं. ४ का वडाध्यक्ष रमेश मुखिया, प्लान इन्टरनेशनल नेपालका इस्ट रिजिनल म्यानेजर रविशंकर पण्डित, शिक्षा शाखा प्रतिनिधि विश्वनाथ यादव, पूर्णानन्द पाण्डेय, अनिता यादव, धिरेन्द्र कुमार झा, सह प्रधानाध्यापक प्रदिप यादव, शिक्षक कृष्ण भिनवार लगायतको उपस्थिति रहेको थियो ।
जनकनन्दनीमा पनि शैक्षिक सामग्री वितरण
धनुषाको जनकनन्दनी गाउँपालिकामा पनि बालविवाह न्युनिकरण परियोजना अन्तर्गत छात्राहरुलाई झोलासहितको शैक्षिक सामग्री वितरण गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत बेटी पढाउ, बेटी बचाउ अभियान अघि बढाउने उद्येश्यले सो सामग्री वितरण गरिएको हो ।
जनकनन्दनी गाउँपालिका वडा नं ४, ५ र ६ का चार वटा विद्यालयका छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । वडा नं. ४ का वडाध्यक्ष दिलिप कुमार यादव र शिक्षा शाखा प्रमुख ऋषिकेश यादव लगायको उपस्थितिमा छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु, आसमान नेपालका मुल्यांकन अधिकृत संजिब कुमार सिंह, फिल्ड सुपरभाइजर राजेन्द्र सदाय, राममनोहर महरा, ब्रहमदेब यादव लगायतको उपस्थिति रहेको थियो ।
