गणेश कुमार सिंह
जलेश्वर, ३० असोज
महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ०२ स्थित रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरी द्वारा आयोजना गरिएको आज मिति २०८१ साल असोज ३० गते बुधवार तदनुसार १६ अक्टोवर २०२४ प्रहरी ऐन २०१२ लागु भएको दिन असोज मसान्तलाई नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको रुपमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाउदै आईरहेको छ । त्यसै क्रममा आज यस महोत्तरी जिल्लाको प्रहरी कार्यालयमा “६९ (उनान्सत्तरी) औं प्रहरी दिवस” का अवसरमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख अतिथ्यमा भएको थियो । प्रमुख अतिथिलाई जि प्र का महोत्तरी परिवारले सलामी ग्रहण गरी दिन हुन अनुरोध गरिएको थियो ।
प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, श्री गोरखनाथ गण प्रकौली ब्यारेक महोत्तरीका प्रमुख सेनानी बिनोद विकास पाठक, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेल
सशस्त्र प्रहरी उपरीक्षक विनोद के.सी., राष्ट्रिय अनुसन्धान महोत्तरीका उप-अनुसन्धान निर्देशक सुदिप अधिकारी,जिल्ला अस्पताल महोत्तरीका निमित्त मेडिकल सुपरीटेन्डेन डा.प्रभात गामी, सहायक जिल्ला न्यायधिवक्ता सुदिप कुमार राय साथै कार्यक्रममा पाल्नु भएका पत्रकारहरु, सामुदायीक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, वडा अध्यक्ष, उद्योग बाणिज्य संघका अध्ययक्ष,आफन्त नेपालका प्रतिनिधि, राजनौतिक दलका जिल्ला प्रमुखहरु, उपस्थित सकल दर्जाका सम्पूर्ण प्रहरी कर्मचारीहरू, पूर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परीवारका सदस्यहरु लगायत कार्यक्रममा उपस्थित रहेको थियो
ऐ अवसरमा निकालिएको सोल्वोगन तथा राष्ट्रिय गान बाट कार्यक्रम शुरुवात गरिएको थियो
साईबर सुरक्षाबारे फैलाउदै सचेतना सन्देश,
जुटौं निर्माण गर्न सुन्दर सामाजिक परिवेश ।
अपराध रोक्न सङ्कल्प, प्रमाणमुखी अनुसन्धान,
स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान ।
गारद टोलीबाट शोक सलामी अर्पण गरीएको थियो ।
वीर तथा अमर प्रहरीको सम्मान तथा सम्झनामा १ मिनेट मोन धारणको कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरु आ-आफ्नो स्थानमा उठि मोन धारण गरी अमर प्रहरीहरु प्रति सम्मान प्रकट गरी वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूको सम्मान स्वरूप अमर प्रहरी स्मारकमा पुष्पहार (रेथ) अर्पण गर्ने कार्यक्रम कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा गरिएको थियो। साथै
अतिथीहरू, अमर प्रहरी परीवार तथा उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरूले अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरीएको थियो !
कार्यक्रमको क्रममा शुभ-कामना सन्देश वाचन एवं स्वागत मन्तव्य संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यूबाट ६९ (उनान्सत्तरी) औं प्रहरी दिवस २०८१ को अवसरमा दिनु भएको शुभ-कामना सन्देश बाचन कार्यालयका प्रहरी निरीक्षक विशाल सिंहले गर्नुभएको थियो ! साथै प्रमुख अतिथि द्वारा १६ जना वीर अमर प्रहरी परीवारलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो !
“कार्यक्रमको अवसरमा प्रहरी कार्यालयको लागि सहयोग गरेको संघ संस्था तथा ब्यक्तिहरुलाई सहायक प्रमुख जिल्ला अधिकारीद्वारा कदर पत्र/ सम्मान पत्र, प्रशन्सा पत्र पनि प्रदान गरिएको थियो ! जग्गा अभावका कारण प्रहरी भवन निर्माण नभएको अवस्थामा आफ्नो बहुमुल्य जग्गा प्रहरी कार्यालयको लागि नि:शुल्क प्रदान गर्नु भएका व्यक्तिहरूलाई कदर पत्र द्वारा सम्मान प्रदान गरीएको छ!
प्रहरी चौकी किसाननगर महोत्तरीको लागि ३ कठ्ठा जग्गा नि:शुल्क प्रदान गर्नु हुने जि.महोत्तरी बर्दिबास न.पा.-०६ बस्ने गोलिया देवी
प्रहरी चौकीहात्तिलेट महोत्तरीको लागि ०-३-०३ (तीन कठ्ठा तीन धुर) नि:शुल्क जग्गा प्रदान गर्नु हुने जि.महोत्तरी बर्दिबास न.पा. -८ बस्ने खड्क बहादुर बस्नेतलाई कदर पत्र
साथै यस जिल्ला प्रहरी कार्यालयको दैनिक सञ्चालन हुने प्रहरी कार्य तर्फ सहयोगि भुमिका खेल्ने संघ संस्थाहरुलाई कदर पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालको हत्ता भित्र CCTV जडान गरी यस जिल्ला प्रहरी कार्यालयको सेवा प्रवाह थप प्रभावकारी बनाउन उल्लेखनिय भुमिका निर्वाह गरेकोमा जलेश्वर नगरपालिका वडा नं.२ का वडा अध्ययक्ष बरुण दाहाललाई कदर पत्र
नेपाल प्रहरीमा लामो समय आवद्ध रहि देश र जनताको सेवामा आफ्नो उर्जावान, गतिशिल जीवन समर्पित गरी नेपाल प्रहरीलाई पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै प्रहरी परिवारको जेष्ठ सदस्यको रुपमा पूर्व प्रहरी सहायक निरीक्षक महेन्द्र पाण्डे र पूर्व प्रहरी जवान श्रीमती श्याम शिला पाठकलाई कदर-पत्र ।
महोत्तरी जिल्लामा घटित अपराध लगायत अन्य प्रहरी कार्यहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीद्वारा जारी भएका विभिन्न सन्देश मुलक सामग्रीहरु तथा जिङ्गल निर्माण र प्रशारण गरी समाजमा जनचेतना फैलाउने कार्यमा सयोग गर्नु भएकोमा रेडियो अपन्न मिथिला जलेश्वर महोत्तरीका प्रतिनिधि मो इर्साद शेखलाई प्रशंसा-पत्र प्रदान गरिएको
महोत्तरी जिल्लामा मानव बेचबिखन तथा लैङ्गिक हिंसाका पिडितहरुलाई परिस्थिती अनुसार आवश्यक सहयोग उपलब्ध गराउनुको साथै महिलाहरुको सशक्तिकरण गर्न सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत संचालित जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न आफन्त नेपाल कबिता यादवलाई ले गरेको सहयोगमा आफन्त नेपालका प्रतिनिधिलाई प्रशंसा-पत्र
जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुलाई आवश्यक भौतिक संरचना निर्माण गर्न ईटा उपलब्ध गराई सहयोग गरिदिनु भएकोमा ईट्टा उद्योग व्यवसायीक संघका जिल्ला अधययक्ष तथा रोयल ईट्टा उद्योगका प्रोपाईटरलाई प्रशंसा-पत्र
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुने गरेको विभिन्न कार्यक्रममा टेन्ट तथा क्याट्रेनका सामानहरु प्रदान गरी सहयोग गरिदिनु भएकोमा संजय टेन्ट हाउसका प्रतिनिधि लाई प्रशंसा-पत्र
कार्यक्रमको अवसरमा संचालन गरिएको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रम रहेको छ ।जस अन्तर्गत ब्याडमिन्टन खेलमा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुलाई पुरस्कार प्रदान गरिदिन हुन प्रमुख सेनानी बिनोद विकास पाठकले
सशस्त्र प्रहरी उपरीक्षक बिनोद के.सी. द्वारा प्रथम हुने प्रहरी हवल्दार विकास हायु, प्रहरी हवल्दार शेखर थापा
टेबलटेनिस खेलमा प्रथम स्थान हासिल गर्ने खेलाडी प्रहरी हवल्दार श्री शिवपुजन चौधरीलाई पुरस्कार प्रदान भएको थियो !
प्रमुख अतिथि द्वारा कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुको कार्यसम्पादनको उच्च मुल्याङ्कन गर्दै पुरस्कृत गर्ने कार्यक्रम रहेको हुदां उक्त पुरस्कार प्रदान गरिएको छ !
१.प्र.नि.सुरज दुलाल
२.प्र.ना.नि.मोहमद बसी अख्तर अंसारी
३.प्र.ना.नि.राम बिनय सिंह
४.प्र.स.नि.ईन्द्र बहादुर बुढाथोकी
५.प्र.ब.ह.सत्येन्द्र कुमार सिंह
६.प्र.ह. रमोद यादव
७.प्र.ह. सुबोध कुमार सिंह
८. प्र.स.ह.राम प्रकाश राम
९.प्र.ज.अजय कुमार सहनी
१०.प्र.का.स.राजन कुमार मेस्तर
