जनकपुरधाममा सांस्कृतिक सम्पदा व्यवस्थापनबारे दुई दिने परामर्श कार्यशाला सुरु – Jaleshwortoday

जनकपुरधाममा सांस्कृतिक सम्पदा व्यवस्थापनबारे दुई दिने परामर्श कार्यशाला सुरु

 March 17, 2026  
55

मोनू गुप्ता
जनकपुरधाम , २  चैत्र

जनकपुर धामका धार्मिक तथा सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण, व्यवस्थापन तथा दीर्घकालीन विकासका विषयमा सरोकारवाला सँग दुई दिने परामर्श कार्यशाला सुरु भएको छ।
कार्यशाला नेपाल सरकारको डिपार्टमेन्ट अफ अर्कोलोजी नेपाल बाट अनुमोदित तथा युनेस्को कोरियन फण्ड–इन–ट्रस्ट परियोजनाअन्तर्गत “दक्षिण एशियाली सांस्कृतिक सम्पदा स्थल व्यवस्थापन पहल (भुटान र नेपाल)” कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो। कार्यक्रम जनकपुर धाम उप महा नगरपालिका , युनेस्को काठमाडौं र पुरातत्व विभागको संयुक्त आयोजनामा सुरु भएको हो।

कार्यक्रमको अध्यक्षता गर्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जनकपुरधाम धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण ऐतिहासिक शहर भएकाले यसको संरक्षण र व्यवस्थित विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए। उनले स्थानीय तह, संघीय सरकार र अन्तर्राष्ट्रिय संस्था बीच समन्वय गर्दै सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धन लाई सँग सँगै अघि बढाउनुपर्नेमा जोड दिए।
उपप्रमुख साहले जनकपुरधामका मन्दिर तथा अन्य सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै उनले सम्पदा संरक्षणमा सरोकारवाला निकाय, धार्मिक संस्थाहरू र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।
कार्यशालामा पुरातत्व विभागका सन्दीप खनाल, राम मन्दिरका महन्त श्री राम गिरी, युनेस्को काठमाडौंकी नभा बस्नेत, मधेश प्रदेश प्रज्ञा प्रतिष्ठान जनकपुर धामका अध्यक्ष राम भरोस कापड तथा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग लगायतको उपस्थिति रहेको थियो।