" >
अन्तरधार्मिक नेपाल पिपरा गाउँपालिका स्तरिय सञ्जालको अध्यक्षमा नबोनाथ झा चयन - Jaleshwortoday

अन्तरधार्मिक नेपाल पिपरा गाउँपालिका स्तरिय सञ्जालको अध्यक्षमा नबोनाथ झा चयन

 १२ कार्तिक २०८१, सोमबार २३:१०  
8

जलेश्वरटुडे समाचारदाता
जलेश्वर, १२ कार्तिक

अन्तरधार्मिक पिपरा गाउँपालिका स्तरिय सञ्जालको अध्यक्षमा नबोनाथ झा सर्वसहमतिले चयन भएको छ । अन्तरधार्मिक नेपालको साचिव देवी प्रसाद लम्सालको अध्यक्षतामा ७ सदस्यीय पिपरा गाउँपालिका स्तरीय सञ्जालको समिति गठन गरिएको थियो । अध्यक्षमा नबोनाथ झा,उपाध्यक्षमा अब्दुल कुद्दुस, सचिवमा शोभा कुमारी महरा,कोषाध्यक्षमा विभा कुमारी झा,सदस्यहरुमा मो.ईस्माइल,सुधा देवी पासवान र आशा कुमारी यादव चयन गरिएको थियो । सचिव लम्सालले सबै जनालाई बधाई दिनुको साथै महिला विरुद्धको कुरितिहरुलाई अन्त्य गर्नमा अगाडी बढन शुभकामना समेत दिनु भएका थिए । कार्यक्रममा प्रोग्राम अफिसर आशिष चौधरी,अन्तरधार्मिक नेपालको महोत्तरी जिल्ला सदस्यहरु लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।