एक राजनीतिक दल खारेज‚ सात राजनीतिक दलको नाम परिवर्तन - Jaleshwortoday

Crypto Casino quick hits

  1. Happy Hugo Casino Bonus Codes 2025: These other options include live chat, email support, and phone support.
  2. 2025 Slots No Deposit - This guide was created to help aid Australia residents and visitors in making educated decisions on their choice of gambling entertainment.
  3. Online Casinos Available In Uk: The birds seldom fight to the death though as usually one of the birds simply runs away.

Seeing gambling in my dream

Atlantis Casino Bonus Codes 2025
Management reserves the right to deny the free spins in case of duplicate accounts, information linked to global negative database, chargeback accounts, fraud, etc.
Casino Bonus Finder
For example, licences set the range in which the theoretical return to player (RTP) can lie for different game types.
As such, it is important to take note of which variation you sign up for and are about to play, as this can have an impact on how you decide to play the game.

What does a blackjack dealer make

Best Rated Online Bingo Australia
The extra spins are played with 50 paylines and are triggered by 3 scatter symbols.
Top Casino Sites Uk Good Payout
In terms of gameplay, it has expanding wilds, which always makes me feel as if the games payout better because theres a much greater chance of winning.
Sveacasino No Deposit Bonus 100 Free Spins

एक राजनीतिक दल खारेज‚ सात राजनीतिक दलको नाम परिवर्तन

 १६ कार्तिक २०८१, शुक्रबार २०:३६  
images

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १६ कार्तिक

निर्वाचन आयोगले दिएको निर्देशन पश्चात् ७ वटा राजनीतिक दलले आफ्नो नाम परिवर्तन गरेका छन् । आयोगले असोज २२ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १८ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको छ ।

२०८० फागुन ३ गते बसेको आयोगको बैठकले १९ वटा राजनीतिक दललाई नाम परिवर्तन गर्न भन्दै निर्देशन दिएको थियो । निर्देशन दिइएका दलहरूको नाम नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐनको मर्म र भावना अनुरूप नभएको तथा नदेखिएकोले नाम परिवर्तन गर्नुपर्ने निर्णय आयोगले गरेको थियो ।

आयोगका अनुसार यो काम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दर्ता भएका दलहरूलाई नाम परिवर्तनका लागि निर्देशन दिइएको थियो । तीमध्ये आयोगको निर्देशनपछि आयोगमा दर्ता भएका सात वटा राजनीतिक दलको नाम परिवर्तन भएको आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

नाम परिवर्तन गर्ने दलहरूमा नेपाल खम्बुवान साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दलित पार्टी, नेपाल सुकुम्वासी पार्टी ९लोकतान्त्रिक०, ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र आमूल परिवर्तन मसिहा पार्टी नेपाल रहेका छन् ।

ती पार्टीहरूले क्रमशः नाम परिवर्तन गरेर राष्ट्रिय साझा पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाल मानवतावादी पार्टी, नेपाल जनता संरक्षण पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, जनसेवा लोकतान्त्रिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल राखेका छन् ।

‘निर्वाचन आयोगको मिति २०८० फागुन ३ को बैठकको निर्णयबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम आयोगमा कायम रहेका १९ वटा राजनीतिक दलहरूलाई दलको नाम नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐनको मर्म र भावना अनुरूप भएको नदेखिएकोले नाम परिवर्तन गर्न निर्देशन दिइएकोमा देहायका राजनीतिक दलहरूबाट दलको विधान बमोजिम केन्द्रीय समितिबाट निर्णय गरी दिइएको निवेदन तथा संलग्न कागजातको जाँचबुझ गरी राजनीतिक दलको नाम संशोधन गरिएको छ‚’ आयोगले राष्ट्रपति पौडेल समक्ष बुझाएको प्रतिवेदनमा लेखिएको छ ।

आयोगका अनुसार निर्देशन दिइएका मध्ये मुस्कान सेना नेपाल पार्टी‚चुरे भावर लोकतान्त्रिक पार्टी‚मधेस तराई फोरम‚ मधेसी जनअधिकार फोरम मधेस‚शिव सेना नेपाल‚खम्बुवान् राष्ट्रिय मोर्चा नेपाल‚ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट०‚अखण्ड सुदूरपश्चिम पार्टी नेपाल‚पिछडा वर्ग निषाद दलित जनजाति पार्टी‚राष्ट्रवादी युवा मोर्चा‚ मङ्गोल नेशनल अर्गनाइजेशन लगायत दलले नाम परिवर्तन गरेका छैनन् ।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार देशभक्त जनगणतान्त्रिक मोर्चा नामक राजनीतिक दलको दर्ता खारेजी गरिएको छ । यस्तै‚ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल सद्‌भावना पार्टी, राष्ट्रिय साझा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी लगायत १३ दलको विवरण हेरफेर र संशोधन गरेको छ। प्रतिवेदन अनुसार आयोगमा ११९ वटा राजनीतिक दल दर्ता भएका छन्।