जलेश्वरटुडे समाचारदाता
महोत्तरी , १ मंसिर
सिताराम विवाह पँचमी महोत्सव नजिकिए सँगै अहिले जनकपुर र अयोध्याको सम्बन्ध बारे चर्चा तिव्र हुन थालेको छ । यसै क्रममा विश्वहिन्दू परिषद नेपालको आयोजनामा विवाह पँचमीका अवसरमा अयोध्या बाट आउने जन्ति लाई निमन्त्रणा दिन मधेश प्रदेशको राजधानी जनकपुरधाम स्तिथ जानकी मन्दिर बाट आयोध्याका लागि तिलक सामाग्री लिएर जनप्रतिनिधि,साधुसन्त,श्रद्धालु भक्तजन एवं विभिन्न संघ संगठनका व्यक्तितत्वको सहभागितामा यात्रा निस्किएको थियो ।जनकपुर बाट आयोध्याका लागि निस्किएको यात्रा महोत्तरीको मनराशिस्वा नगरपालिका आईपुग्दा मनराशिस्वा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेय,उप प्रमुख शकुन्तला देवी, नगरपालिकाका कर्मचारी लगायत स्थानियहरुले भव्य रूपमा स्वागत गरेका थिए । जनकपुरधाम उप महानगरपालिकाका नगरप्रमुख मनोज साह , विश्वहिन्दू परिषदका पदाधिकारी लगायत मधेश प्रदेशको विभिन्न ठाउँबाट यात्रामा सहभागी भई मनराशिस्वा नगरपालिका पुगेगा यात्रीहरुलाई दोसल्ला ओढाई स्वागत गरेसँगै खाजा तथा खानेपनि को व्यवस्थापन नगरपालिकाले गरेको थियो । विवाह पँचमी महोत्सव सम्पूर्ण मधेवासी तथा मिथिलावासीका लागि अत्याधिक गौरव तथा हर्षको विषय हो । यात्रामा सहभागी भक्तजनहरु लाई स्वागत गर्न पाउदा खुशी अनुभूति भएको र यस्ता आयोजन लाई सफल पार्न हामीसबैको जिम्मेवारी पनि रहेको मनराशिस्वा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेयले बताएका छन ।
