राैतहटकाे गढिमाई मेलामा यादवकाे कार्यक्रममा कुर्सी ताेडफाेडले महोल गरमाए – Jaleshwortoday

राैतहटकाे गढिमाई मेलामा यादवकाे कार्यक्रममा कुर्सी ताेडफाेडले महोल गरमाए

 December 5, 2024  
75eb96e0-d734-4b1b-8d0c-d60a37620c7d

जलेश्वरटुडे समाचारदाता

राैतहट ,२० मंसिर

एसियाकाे ठुलाे गढिमाई मेलाकाे रुपमा गढिमाई नगरपालिकाकाे सुन्दरपुरमा लाग्ने गर्दछ।

प्रत्येक पाँच बर्षमा लागने उक्त मेला यश बर्ष पनि लागि रहेको छ। उक्त कार्यक्रममा आज भाेजपुरी जगतकाे सुपर स्टार खेसारीलाल यादवकाे आगमन भएको थियो ।

कार्यक्रममा मेयरका आसेपासेहरुले स्टेज भरिएको कारण दर्शकहरुले आक्राेसित भई कुर्सी ताेडफाेड गरेका हुन।मेला राम्रो संग व्यवस्थापन नभएको र मेयर श्याम प्रसाद यादवकाे आसेपासेले हुहल्ला गर्दा बिवाद भएको थियो ।

मेला सुरु हुनु भन्दा अगाडि देखि नै बिवादै बिवाद हुदै आएको हाे। यसमेलाकाे नाममा मेयर यादव तथा मेलाका प्रबक्ता दिपेन्द्र श्रेष्ठले आफ्नो मनपरि ढंगले मेलालाई सञ्चालन गर्न खाेज्दा बिगतका दिन देखि नै बिवाद हुदै आएको हाे। आज भएको कलाकार यादवकाे कार्यक्रममा स्टेजमा कम समय दिएर मेयर यादवकाे परिवारिक फाेटाे सेसनमा बढि ब्यस्त भएको एक भिडियोले स्पस्ट देखिन्छ। आजको कार्यक्रममा भएको कुर्सी ताेडफाेडकाे जिम्मेवारी कसले लिन्छ आम नगरबासीकाे चासोकाे बिषय बनेकाे हाे।मेलाकाे प्रचारप्रसारमा छुट्याइएको रकम कहाँ कति खर्च भयाे त्याे पनि मेला सक्ने बितिकै सार्वजनिक गर्न नगरबासिकाे भनाइ हाे।