" >
सुस्वागतम् । सुस्वागतम् ।। - Jaleshwortoday

सुस्वागतम् । सुस्वागतम् ।।

 २० मंसिर २०८१, बिहीबार २३:४८  
2

मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित सीताराम विवाहपञ्चमी महामहोत्वसमा भारतबाट पाल्नु भएका जन्ती पाहुना सहित श्रद्धालु भक्तजनहरुलाई सुस्वागतम् गर्दछौं । यो त्रेताकालिन नाटकीय प्रस्तुति वास्तवमा नाटकीय नभएर यो वास्तविक र सत्य हो । यसले अहिलेसम्म भारत र नेपाल वीचको सुमधुर तथा बेटीरोटीको सम्बन्ध कायम राख्नमा समेत अहम भूमिका खेलेको छ । अहिले स्थानिय जनकपुरधाम उपमहानगरबासी तथा सम्बन्धीत सरोकारबालाहरुले मेला तथा धार्मिक कार्यक्रम व्यवस्थापनमा सहयोग गर्न आवश्यक रहेको देखिन्छ । मंसिर १६ गते विधिवत रूपमा सुरु भएको विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, र चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेका छन् ।
मिथिलाको परम्परागत प्रचलन अनुसार पाँचौं दिन गंगासागरमा मटकोर समपन्न भएको छ । मटकोरमा जानकीको प्रतीकका रूपमा बालबालिकालाई सहभागी गराई परम्परागत विधिअनुसार पूजा–अर्चना गरिएको थियो ।
मटकोर सम्पन्न भएपछि आज शुक्रबार राम र जानकीको डोला फेर गरी स्वयंवर र विवाह समारोह आयोजना गरिदै छ ।
शनिबार अयोध्याबाट आएका जन्ती र साधुसन्तको बिदाइ (राम कलेवा) गरी यो ऐतिहासिक महोत्सवको विधिवत समापन हुनेछ ।