एकल भाषाकै वर्चस्व ः नेपाली केवल होइन अब मैथिली पनि निशानामा
जुन भवनको विधिवत रुपमा समुद्घाटन हुन समेत बांकी नै रहेको छ जो निर्माणाधीन अवस्थामै रहेको छ जसमा सर्वव्यापी राष्ट्रिय स्तरका प्राज्ञीय संघ संस्थाहरुलाई समावेश गरी गराई प्रदेश वा नगर स्तरीय कुनै पनि कार्य शुभारम्भ गर्नु र गराउनु मधेश प्रज्ञा प्रतिष्ठानको कमजोरी हो कि यस मैथिली विकास कोषको दबदब्बा ? यदि यस्ता किसिमले यसले आफनो शक्ति प्रदर्शन गर्दै गरेमा भोलि गएर यसको ओभरटेकले मधेश प्रज्ञा प्रतिष्ठानको औचित्य रहला त ? यसले गर्दा नै गम्भीर प्रश्न उठेको छ जनमानस देखि आम वुद्धिजिवीमा पनि ।
अर्कातर्फ यदि यस्तो किसिमको वृहद कार्यक्रम मधेश प्रज्ञा प्रतिष्ठानद्वारा यदि हुने थियो भने, स्वभाविक छ कि मैथिली बाहेक यस प्रदेशमा चेपुवामा परेका अन्य भाषाभाषीका पनि सहभागिता सहज रुपमा हुने थियो । तर.. तर जसरी राष्ट्र व्यापी रुपमा विगत एक दशक देखि संघीयताको फलस्वरुप नेपाली भाषाको एकलौटीपना माथी घोर विरोध हुंदै आईरहेको छ त्यसै गरी अब प्रदेश स्तरमा पनि मैथिलीको एकलौटी वर्चस्व माथि प्रत्यक्ष वा परोक्ष रुपमा समेत टीक्का टिप्पणी हुंदै आई रहेको कुरा तीतो सत्य नै हो ।
अब प्रश्न उठीरहेछ कि हिजो ठेठ भाषालाई कुनै भाषा नै होईन भनेर भनिन्थ्यो, त्यो अब मैथिली कसरी भयो त ? किनकी अब त्यहि ठेठी भाषाले जब आफ्नो पहिचान मगही भनेर विभिन्न खोज तलास गरी पहिचान खोज्न थालेका छन् मेडीया जगत देखि सामाजिक सांस्कृतिक तथा राजनैतिक क्ष्ोत्रमा पनि प्रचार प्रसारण गरेर तबदेखि मैथिली भाषा भाषीले पनि हैन ठेठी पनि मैथिली नै हो भनेर अनावश्यक ढकोसला गर्न थालेका छन् । यो कति उचित होला त ?
राजनैतिक सिकंजाले मानव अधिकार समेतको उलंघन ः
कुनै पनि साना वा ठुला कार्यक्रम औपचारिक रुपमा उद्घाटन भैसके पछि , आसन ग्रहण बाहेक अर्का कार्यक्रमलाई अर्का शत्रमा राखिने गरिन्छ पद्धती तथा नियमले यो भन्दछ , यद्यपि जहां बडेबडे आफना क्षेत्रका साधक संगीतकार, कलाकार, चित्रकार र साहित्यकारलाई चांहि केवल मूक दर्शक बनाएर नै केवल संचारकर्मीलाई एक पछि अर्को गरी लगातार गम्छा ओढाएर सम्मान ठोक्दाको ठोक्दै गर्नुले कार्यक्रमको नर्मसलगायत उदेश्यलाई नीरश र विषयान्तर बनाएर स्रष्टा द्रष्टा तथा विज्ञ र विभिन्न प्राज्ञ तथा विद्वानलाई अपमान गर्नु बाहेक के होलान र ? त्यसमा पनि आफूहरु स्तरीय लोगो सहितको चादर ओढी मपाईत्व प्रदर्शन गर्ने अर्कातर्फ मेडीयाकर्मीलाई चांहि स्तरहीन गम्छा ओढाउने काहांको रीत हो ?
केन्द्रबाट राष्ट्रिय स्तरका प्राज्ञिक संस्था नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल संगीतकला तथा नाट्यकला प्रतिष्ठानका प्रतिनिधीहरु के कस्ता अनुभव लिएर गएका होलान कि मधेशमा यसरी नै हुंदा रहेछन् अन्तरक्रिया कार्यक्रम त ? भनिन्छ राजनिति गंदाखेल हो रे ? जसका पछाडि केहि तीतो सत्य रुपमा कुनै रहस्य त अवश्य छुपेको रहेछ नि ? र वास्तवमा हो पनि जहां अनावश्यक रुपमा गंदा राजनिति गरिन्छ त्यहां मानव अधिकारको पनि हनन् हुन्छ नै ।
भनिन्छ जो जति धुर्त हुन्छ, त्यति तेज अनि चलाक हुन्छ र जो जति चलाक हुन्छ त्यति फरेव हुन्छ । यदि यी यस्ता फरेव र जालीहरुका ओभरटेकले दिनप्रतिदिन सम्बन्धित क्षेत्रका साधकहरुका अन्डर स्टीमेट हुंदै जानेहो भने उचित मुल्य र मान्यता सहित हाम्रो मुल्यांकन ईश्वर सिवाय कसले गर्ने ? किनकी सरकारले त यस्तै सरोकारवालाहरुलाई हाम्रो मान सम्मानको अभिभारा विभिन्न निकाय मार्फत् समुचित बजेटको व्यवस्थापन सहित सुम्पेको छ । यिनीहरुलाई के थाहा एउटा लेखक बन्न, संगीतकार बन्न कलाकार तथा चित्रकार बन्न के कति त्याग तपस्या अनि मिहिनेत र साधनाको जरुरी पर्दछ ? हाम्रो नाउंमा केबल यीनीहरु भजाएर खाने जन्या छन् नि ?
प्रदेश स्तरीय वा नगर स्तरीय अन्तरक्रिया कार्यक्रम चारचार संस्थालाई सहकार्य गराई मैथिली विकास कोषको आयोजनामा यो कार्यक्रम भएको रहेछ ः
यहि विगत मंसिर ३० गते जनकपुरको निर्माणाधीन मैथिली विकास कोष भवनमा एघार बजे तय भएको कार्यक्रम एक बजे शुरु हुन्छ र तीन चार घण्टा पछि पानीको बोतल आउंछ । चिया र बिस्कुट पनि संगसंगै आउंछन् तर सहभागीहरुलाई केबल चिया अनि आफूहरु बिस्कुट संगसंगै चियाको चुस्कीले ऐयासी गरिन्छ । सहभागीहरु मध्ये धैरैलाई अचेल बीपी र सुगर हुन्छ नै त्यसकारण केबल बोतलको पानीको घुटकीले चार चार घंण्टाको कार्यक्रमका सहभागीहरुले दिक्क मानेर किन गाली नगर्ने ? मनमनै सबैले श्रापेर गएका होलान् । अर्कातफ अलि टाढाका सहभागीहरुले मोटर बाईक चढेर आएका कारण सित्तैमा आवत जावत ईन्धन खर्च समेत आफैले बेहार्नु परेका खण्डमा अवश्य नै तिरष्कार गरेका होलान मनमनै । भवन करोडौ भन्दा बढिको लागतमा तयारी हुंदैछन् तर कार्यक्रमका लागि पैसा नै छैनन् रे ? कति उपाहास जनक अभिव्यक्ति वा व्यंग विनोद है ?यसैलाई मैथिलीमा नै एउटा कहावत भनिन्छ… विचार अछि जे अपनेके किछु सुनैतौं मुदा ई अपने दलिद्र छथिन् ।
खास दर्शक बाहेक बांकीलाई प्रदर्शक बन्नुबाट बञ्चित ः
आफना नातागोतामा पर्ने बाऊ बाजे काका काकी जस्तालाई जस्तोसुकै जतिसुकै अनावश्यक भाषणछांट्न चांहि दिने हातखुटा हलाई हलाईकन कार्तिकको भूत मेलाको भक्ताहरु मmैं, तर एउटा साहित्य पारखी तथा संगीत साधकलाई केवल दुई मिनटको मौलिक परम्परा मmल्किने गीत अन्तरक्रियाकै प्रकृया स्वरुप पस्किन नदिने कहांको न्याय हो यो ? यस्तो वद्नियतले कहिं अतिथी सत्कार हुंदा रहेछन् त ? अतिथी देवो भवः भनेको यहि हो त ? आमतौरमा अपराध गरीकन कसैलाई होच्याउने अनि बहिर एक्लोमा क्षमा याचना गर्ने ? यस्ता फरेवीहरुलाई तनांगैमmार पारी आम माफी मंगाउनु पर्ने ? तर केगर्ने तिनीहरुले पनि गल्ती बाट सिकोस् नि एक दुई पटकका लागि हामीले मानवताका दृष्टिकोणले माफ नै गरिदिए तर अबको दिनमा यस्तो हात्तीको दुई दांत मध्ये एक देखाउने र अर्को मात्र चपाउने गरी प्रस्तुत भयो भने बाऊको बिहे देख्न नपरोस् नि ?
अन्तरक्रियाका डकुमेन्ट्री केवल प्रदर्शनी लगाएर होइनन् , वरु ईमान्दारीताका साथ कार्यान्वयन गरेर देखाउनु पर्ने ः
कार्यक्रममा एकजना संचारकर्मी साथीले सबै भन्दा सहि सुमmाव तथा सल्लाहको क्रममा सबन्धति सरोकारवालालाई के अनुरोध गरेका थिए भने अन्तरक्रियाको डकुमेन्टरीलाई केवल प्रदर्शन नगरी उक्त अमुल्य धार्मिक सांस्कृतिक मौलिक सामग्री तथा सम्पदालाई ईमान्दार भएर कार्यान्वयनमा ल्याए मात्र त्यस्ता अन्तरक्रिया कार्यक्रम सफल हुनेछन् भनेर । अन्यथा यस्तो मेला र भेलाले यस्ता बहुमुल्य सामग्रीहरुका मmन् मmन् अवमुल्यण हुनेछन् ।
यसैबीच आफूले पनि नगर प्रमुखकै रहोबरमा स्थानीय भाषामा स्थानीयधर्म संस्कृति तथा धार्मिक चांडपर्व माथिको मेरो अमरकृति सत्यमेव जयते चांहि जानकीजीकै साक्षी राखेर सम्बन्धित सम्पूर्ण सरोकारबालालाई डकुमेन्टेश्नका लागि सुम्पेको थिए । किनकी सुनेछु अब नगर प्रमुखले पनिे स्थानीय पाठ्यक्रमका पुस्तकहरु छनौट गरी चांडै नै यसको कार्यान्वयन गर्ने तरखरमा हुनु हुन्छ रे । कार्यक्रममा मित्र संजय मmाले यसमाथि प्रमुख जोर दिएका थिए जो एकदम् सांदर्भिक नै थिए ।
वास्तवमा सत्यमेव जयते अमरकृतिका समिक्षा स्थानीय पत्रपत्रिकामा स्थानीय विज्ञ तथा विद्वानहरुद्वारा भई सकेका छन् भने यसका साथै शुभ विवाह पञ्चमीका बेला हिमालय राष्ट्रिय पत्रिका लगायत राष्ट्रिय दैनिक पत्रिका गोरखापत्र समेतले विजया दशमीका समयमा समिक्षा प्रकाशित गरि सकेका छन् । यसकारण यसको दोश्रो संस्करण पनि प्रकाशित भइ सकेका छन् ।
समावेशी, समदर्शी तथा समतामुलक र भेदभावरहित सदभावको खांचो ः
गल्तीबाट सिकेर ठुलठुला मान्छे संसारमा महान बनेका छन् । गल्तीबाट सिख नमिलेको भए सिकंदर संसारका बादशाह बन्ने थिएनन् । हो हुनत व्यक्तिगत तवरले यसका वर्तमान अध्यक्ष जीवनाथ दाईलाई दाई सरहनै ईज्जत गरेको हुं उनले पनि आफूलाई भाई सरह माया गरी वास्ता नगरेका होईनन् क्यारे ? तर राष्ट्रियताको सबालमा समाजिक दृष्टिकोणबाट संस्थागत त्रुटीहरुलाई औल्याई दिएर कुनै गल्ती गरेको छु भने मलाई लाग्दैनन् । एउटा असल मित्र तथा शुभ चिन्तककै नाताले संस्थागत कमी कमजोरीहरुलाई सुधारगरी समावेशी, समदर्शी तथा समतामुलक र भेदभाव रहित सवल सदभावले अघि बढेमा उनलाई लागेका आरोप प्रति आरोपहरु स्वत ः मिटेर जानेछन् अरु जेहोस मेरो दवा छ ।
जीवनाथका प्रयासहरु सबै निरर्थक होईनन् फेरी केहि सार्थक पनि छन् , समय तथा परिस्थितिवस् जति टिक्का टिप्पणी भए पनि उनी आफ्ना मिसन तथा भिजनलाई सफलताका साथ सकारपार्दै लगेकाछन् । राजनैतिक दृष्टिकोणबाट जति आलोचना भए पनि सामाजिक तथा धार्मिक दृष्टिकोणले उनी जस्तो व्यवहारिक समाजसेवी भाईचारा तथा आपसी सममmदारी निभाउने अहिलेको युगमा धेरैमा विरलै पाईन्छन् होला । अर्थात् मैथिली भाषा संस्कृति कसैको खास साम्प्रदायिक संपदा नभएकाले, आफूले पनि यस भाषामा कलम चलाएको छु जुन कृति यस कार्यक्रमका मार्फत सम्पूर्ण सरोकारबालालाई सुम्पे त्यो मधेश प्रदेशका सभामुख लगायत नगर प्रमुख समेतका जिम्मा लगाइएकोछ, त्यसकारण अब हेर्नृु बाँकी छ कि पाठ्यक्रममा कति छिटो छनौट होला भनेर ।
समग्रमा हार्दिक बधाई टराईल एण्ड एक्सपेरिमेन्टका लागि ः
मुलुक संघियतामा गएको छ जसको फलस्वरुप हामीले वहुभाषिक, वहुजातिक, वहु सांस्कृतिक र धार्मिक सहिष्णुताको कदर गर्न पाई राखेका हौ । हुन त मधेश प्रज्ञा प्रतिष्ठान हुदां हुंदै मैथिली विकासका लागि स्थापित यस संस्थाले यति छिटो आफनो क्षेत्रमा उपलब्धी मुलक सफलता हांसिल गर्दै जानेछन् र अन्य प्रतिष्ठानहरुसंग उचित सहकार्य गरी यस क्षेत्रका सम्पूर्ण साधकहरुलाई समुचित व्यवस्थापन गरी उपर्युाक्त प्लेटफर्म तयार गर्न खोजिएको शुभ संकेत पनि यस ट्रायल तथा एक्सपेरिमेन्टले देखाएको अर्का सकारात्मक पक्ष भएको हुनाले यसका संचालक र संस्थापक टीमलाई आग्रिम बधाई तथा शुभ कामना पनि छ । तर यसले मधेश प्रतिष्ठानसंग उचित सहकार्य नगरी आमतौरमा बजेट विनियोजन गरेका क्षेत्रमा सदुपयोग नगरी केवल एकल क्षेत्रमा लगानी गरी बजेटको दुरुपयोग गरेर मधेश प्रदेशका प्रज्ञा प्रतिष्ठानलाई पनि ओभरटेक गर्न खोज्यो भनेदेखि भोलि गएर यसलाई पनि मिनापले ओभर टेक गर्दैनन् भने भन्न सकिंदैनन् किनकी उसलाई पनि यस्ता यस्ता बिल्डींग दुई दुई ठाउंमा स्थापित भैसकेका छन् । त्यसैगरी मिनापलाई पनि चित्रगुप्त संस्थाले नै ओभरटेक गर्न सक्छ । जसले गर्दा संम्प्रदायिक आडम्बर चर्केर संस्कृतिक बिकृति बढदै जानेछन् । यसकारण आ—आफना परिधी भित्र नै रही संस्थागत वृद्धि विकास गरेमा देशको मुलफुटाउन सहज हुनेछ । जय देश जयजय मधेश ।।
— उदय कुमार यादव
नेपाल प्रज्ञा प्रतिष्ठानका लेखक तथा साहित्यकार
