" >
एकडारामा पालिका स्तरिय एच.पि.भी. (HPV) खोप सम्बन्धि १ दिने अभिमुखिकण कार्यक्रम समपन्न - Jaleshwortoday

एकडारामा पालिका स्तरिय एच.पि.भी. (HPV) खोप सम्बन्धि १ दिने अभिमुखिकण कार्यक्रम समपन्न

 २२ माघ २०८१, मंगलवार २३:२३  
2

आरजे ईर्शाद
महोत्तरी, २२ माघ

महोत्तरीको एकडारा गाउपालिकामा स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी. Human Papilloma virus. (HPV) खोप अभियान तथा नियमित खोप सेवा सुरुवातको लागी पालिका स्तरिय खोप समन्वय समितिको १ दिने अभिमुखिकण कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई तथा बिधालय नजाने १० बर्ष देखि १४बर्ष सम्मको किशोरिहरुको लागि एच.पि.भी. (HPV) खोप अभियान सबै वाडामा संचालन हुने भएको छ ।
पाठेघरको मुखको क्यान्सर गराउने Human Papilloma virus विरुद्धको एच.पि.भि. खोप सिकोलिन भ्याक्सिन दिने भएको छ ।अभियान तथा नियमित खोपमा शुरुवात गर्नको लागि पालिका खोप समन्वय समिती कार्यक्रममा पाठेघरको मुखको क्यान्सर,रोग सर्ने माध्यम, लक्षण तथा चिन्हहरु, नेपालमा पाठेघरको मुखको क्यान्सर हुनको कारण, रोकथामका उपयहरु, खोपको मात्रा दिने बिधि, खोप दिन नहुने अवस्थाहरू , निवारण रणनीति एच. पि. भि. खोप अभियान तथा नियमित खोपमा कार्यक्रम सञ्चालन कार्यनिती सम्बन्धि बिषयहरुमा छलफल भएको छ ।
हामिले २ हजार १ सय ४७ भ्याक्सिनको लक्ष्य राखेकाछौ साथै किशोरिहरुलाइ भ्याक्सिनेशनमा सहजताकोलागी प्रत्येक वाडामा लक्ष्य अनुसारको २ देखि ४ ओटा केन्द्र तोकेकाछौ जसले गर्दा बिधालय जाने छात्रा लगायत बिधालय नजाने त्यही समुदायका किशोरिहरुलाई सहजता होस भन्ने उदेश्यले केन्द्र तोकेका छौ स्वास्थ कार्यालय प्रमुख महेन्द्र कुमार मन्डलले जानकारी दिनुभयो।
कार्यक्रमको अध्यक्षता गाउपालिका अध्यक्ष दिप नारायण मन्डलले गर्नु भएको थियो भने पालिका अन्तरगतका वाडाध्यक्षहरु, कर्मचारिहरु, स्वास्थकर्मिहरु तथा संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।