" >
जिल्ला स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीको महत्वपूर्ण सूचना - Jaleshwortoday

जिल्ला स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीको महत्वपूर्ण सूचना

 २६ माघ २०८१, शनिबार २१:१५  
6

पाठेघर रोग विरुद्ध एचपिभि खोप माघ २४ गतेदेखि फागुण ८ गतेसम्म कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरु तथा विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई पाठेघरको मुखमा लाग्न सक्ने क्यान्सर विरुद्ध एचपिभि(HPV) खोप लगाउन थालिएको छ ।
खोप लगाऔं र आफ्नो किशोरीहरुको पाठेघरको मुखको क्यान्सरबाट बचाऔं ।
खोप संचालन महोत्तरी जिल्लाको प्रत्येक पालिका तथा स्वास्थ्य चौकी मार्फत हुन गईरहेको छ ।
खोप २ चरणहरुमा संचालन हुन गई रहेको छ । पहिलो चरणमा माघ महिनाको २४ गतेदेखि ३० गतेसम्म ७ वटा पालिकाहरु जसमा जलेश्वर नगरपालिका,मटिहानी नगरपालिका,पिपरा गाउँपालिका,महोत्तरी गाउँपालिका,एकडारा गाउँपालिका,मनरासिस्वा नगरपालिका र लोहारपट्टी नगरपालिका र दोस्रो चरणमा फागुण २ गतेदेखि फागुण ८ गतेसम्म ८ वटा पालिकाहरु जसमा सम्सी गाउँपालिका,सोनमा गाउँपालिका,गौशाला नगरपालिका,भंगहा नगरपालिका,औरही नगरपालिका,रामगोपालपुर नगरपालिका,बलवा नगरपालिका र बर्दिबास नगरपालिकामा खोप संचालन गरिने छ ।

अनुरोधकर्ता
जिल्ला स्वास्थ्य कार्यालय,महोत्तरी