सन्त रामपालजी महाराजको बोध दिवसमा सतलोक आश्रममा ७ नव जोडीहरुको दाइजोमुक्त सामुहिक अन्तर्जातीय विवाह (रमैणी) सम्पन्न - Jaleshwortoday

Adelaide mgm cryptocurrency casino

  1. Libero Gioco Casino No Deposit Bonus 100 Free Spins: Experts studied each online casino in detail, assessed its advantages, and found disadvantages.
  2. Play American Roulette Wheel - As we recommended standing back from the table with blackjack dealers, we recommend doing this if there are a few players seated so you can monitor their behaviour.
  3. Dollar 1 Deposit Casino Australia: With or without money, you can start your online gambling adventure by choosing a reputable casino site.

Brisbane cryptocurrency casino games

Mighty Slots Casino Bonus Codes 2025
The company starts its description of the game with 'Wander off the beaten track and bump into an unlikely outlaw, with attitude to boot of the fiery, Red Raiding Hood.
Free Slingo Game Australia
To win, you must enter the Egyptian pyramid and search the decrepit tomb for treasure.
We like what we see and give Novomatic a strong rating.

Big fish free slots

Android Casino United Kingdom
In this article, well look at some of the best online blackjack casinos in Sri lanka right now, weigh their pros and cons and provide some detailed information about the game itself.
Cobra Casino Login App
Jackpot Casino Australia reserves the right to, at our sole discretion, remove, change or update any of the information that can be found herein.
Ace Value Blackjack

सन्त रामपालजी महाराजको बोध दिवसमा सतलोक आश्रममा ७ नव जोडीहरुको दाइजोमुक्त सामुहिक अन्तर्जातीय विवाह (रमैणी) सम्पन्न

 ५ फाल्गुन २०८१, सोमबार ००:१८  
5

जलेश्वरटुडे समाचारदाता
धनुषा, ४ फाल्गुण

सतलोक आश्रम धनुषामा ७ नव जोडीहरुको दाइजो रहित सामुहिक विवाह गराइएको छ। समाजलाई दाइजोमुक्त बनाउने अभियान अन्तर्गत यो विवाह गराईएको हो। धनुषा जिल्लाको मिथिला न.पा. – २, बेलाचापी स्थित सतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको ३८औँ बोध दिवस यस वर्ष पनि भव्यताका साथ मनाईंदै छ । उक्त पावन समागमको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीहरु द्वारा यहि फाल्गुन महिनाको ३ देखि ५ गते सम्मका लागि आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रमको दोस्रो दिन फाल्गुन ४ गते आइतबार विभिन्न सामाजिक कार्यक्रमहरु गरियो ।

समाज सुधारक सन्त रामपालजी महाराजको बोध दिवस हरेक वर्ष मनाउने गरिएको आयोजकले जनाएका छन् ।
सन्त रामपालजी महाराजको सान्निध्यमा आदरणीय सन्त गरिबदासजी महाराजद्वारा रचित अमरग्रन्थ साहेबको अखण्ड पाठ जारी राख्दै ७ नव जोडिहरुको दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) गराइएको छ। यस विवाहमा कुनै प्रकारको सरसामान तथा नगद लेनदेन भएको छैन भने बेहुला वा बेहुली दुवैपक्षको कुनै पनि खर्च भएन । सर्व आगन्तुकहरुलाई खाने तथा बस्ने व्यवस्था आश्रमकै तर्फबाट विशाल भण्डारामा गरियो । मात्र १७ मिनेटको गुरुवाणी द्वारा तेत्तीस करोड देवीदेवताहरुको स्तुति गरी आफ्नो गुरुदेवजीको आशीर्वाद लिएर लाखौं श्रद्धालुहरु सामु उक्त विवाह सम्पन्न भयो । यस प्रकारको विवाहमा तथा सतलोक आश्रममा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ आदि सेवन गर्न पूर्ण रुपमा निषेधित हुन्छ। समाजबाट दाइजाे रूपी कुप्रथालाई समाप्त पार्न सन्त रामपालजी महाराजका अनुयायीहरु द्वारा यो विवाह गराइएको जानकारी आयोजकले दिएका छन् । यस्ता विवाहले समाजमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको र समाज परिवर्तित भैरहेको जानकारी पनि आयोजकले गराएका छन् । आफ्नो गुरुबाट प्राप्त ज्ञानमा आधारित रहेर मानवसेवाको भावना दर्शाउँदै अनुयायीहरुले यस कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीलाई ६० युनिट रक्तदान पनि गरेका छन् ।

कार्यक्रममा पूर्व केन्द्रिय सांसद रामचन्द्र झा,
पूर्व केन्द्रिय मन्त्री मातृका प्रसाद यादव तथा अन्य विशिष्ट व्यक्तिहरु, सशस्त्र प्रहरी धनुषाका SP, विभिन्न न.पा. का मेयर तथा वडा अध्यक्षहरु, विभिन्न निकायका प्रमुख कर्मचारीहरु, डाक्टर तथा इन्जिनियरहरु लगायतका व्यक्तित्वहरुको बहुसंख्यामा सहभागीता रह्यो।

जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको बोध दिवस भनेर त्यस दिनलाई भनिन्छ जुन दिन उहाँले आफ्ना आध्यात्मिक गुरु स्वामी रामदेवानन्दजी महाराजबाट मन्त्र दीक्षा लिनुभएको थियो । उहाँले १७ फेब्रुअरी १९८८ मा मन्त्रदीक्षा प्राप्त गर्नु भएको थियो। त्यसैले प्रत्येक वर्ष यस दिनलाई सन्त रामपालजी महाराजको बोध दिवसको रूपमा मनाइन्छ।

सन्त रामपालजी महाराजले स्वामी रामदेवानन्दजी महाराजबाट मन्त्र दीक्षा प्राप्त गर्दाखेरीको चित्रण गर्ने आध्यात्मिक प्रदर्शनिहरु पनि उक्त कार्यक्रममा लगाइएको थियो । आश्रमको सर्व व्यवस्था तथा सन्त रामपालजी महाराजद्वारा बनाइएको भक्ति मर्यादा र अनुशासनलाई देखेर सबैले हृदय देखि नै कार्यक्रम आयोजकका साथै सन्त रामपालजी महाराजको प्रशंसा गरेका छन् । यस्ता कार्यक्रम समाजमा आमूल परिवर्तनका लागि उदाहरण रहेको कुरा अतिथीहरुले बताएका छन् ।

विशाल भण्डारामा शुद्ध घ्युबाट तयार गरिएको लड्डु, जेरी, बर्फी तथा हलुवा प्रसादका साथै रोटी, पूरी, तरकारी, आदि परिकारहरुको व्यवस्था रहेको छ।

जुनसुकै व्यक्ति पनि कार्यक्रममा सहभागी भएर प्रसाद ग्रहण गर्न सक्ने र जति धेरै सङ्ख्यामा श्रद्धालु आए पनि सबैलाई नि:शुल्क भोजन भण्डारा गराउने तयारी रहेको आयोजकले बताएका छन् । यसका साथै धेरै भन्दा धेरै सङ्ख्यामा आम जनसाधारणलाई कार्यक्रममा सहभागी हुन पनि आमन्त्रित गरिएको आयोजकले जनाएका छन् । तेस्रो दिन भोग आरती र सत्संग गरी कार्यक्रम सम्पन्न हुने कुरा आयोजकले जनाएका छन् । कार्यक्रमको पहिलो र दोस्रो दिन गरी करीब ४ लाख जति श्रद्धालुहरुको उपस्थित रह्यो ।