आरजे इर्शाद
महोत्तरी, ६ फाल्गुन
महोत्तरी जिल्ला को एकडारा गाउँपालिका वाड नम्बर १ मा गाउँपालिकाले आयोजना गरिएको बालक्लव अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय माध्यमिक बिधालयमा १२ बर्ष देखी १८ बर्ष सम्मका लालिगुराँस बालक्लवका सदस्यहरुलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख इब्राहिम नदाफले स्टोरी राइटिङ्ग, बाल बिबाह न्यूनीकरण, लगु औषध सम्बन्धि जनचेतना बिषयमा प्रशिक्षण दिनुभयो।
उहाले यस पालिका अन्तर्गत रहेको ६ ओटा वडामा १५ (पन्ध्र) ओटा बालक्लब रहेको छ जसमा प्रत्येक बालक्लबमा २० देखि २५ जना सदस्य रहेको छ। साथै समाजमा रहेका बाल बिबाह, लागू औषध जस्ता विकृतिहरुको उदाहरण दिदै यस्ता विकृतिहरु पुर्ण रुपमा न्यूनीकरण गर्ने उदेश्य बोकि कार्यक्रमहरु पटकपटक आयोजना गर्दै आएकाछौ र आशावादी छौ कि अवश्य नै प्रभावकारि हुनेछ खास गरि १२ बर्ष देखि १८ बर्ष उमेर समुहका बालबालिकाहरुलाई एकीकृत गरि दुसप्रभाव बाट बचाउने लक्ष्य राखेकाछौ । र DSWCN को तर्फबाट भइरहेको प्राबिधिक तथा प्रशिक्षण सहयोग बहुमुल्य रहेको भनी जानकारी दिनुभयो।
