मिथिला माध्यमिकी परिक्रमालाई ध्रुवकुण्डमा नगर प्रमुख महतोद्वारा भव्य स्वागत – Jaleshwortoday

मिथिला माध्यमिकी परिक्रमालाई ध्रुवकुण्डमा नगर प्रमुख महतोद्वारा भव्य स्वागत

 March 6, 2025  
1

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ फाल्गुण

१५ दिने मिथिला माध्यमिकी परिक्रमा लाई महोत्तरीको ध्रुवकुण्डमा नगर प्रमुख रामविजय महतोले भव्य स्वागत गरेको छ । ध्रुवकुण्ड महोत्तरीको बलवा नगरपालिकामा पर्दछ ।मंगलबार मडैमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री ध्रुवकुण्डका लागि प्रस्थान गरेका हुन् । डोलालाई स्वागत गर्न नगर प्रमुखमहतो,प्रमुख प्रशासकिय अधिकृत रमेश अधिकारी,लेखापाल शत्रुध्न ठाकुर,श्याम साह लगायतको कर्मचारीहरुको टोली उपस्थित थियो । सातौं दिन ध्रुवकुण्ड पुगेर रात्रि विश्रामपछि आठौं दिन भोलि कञ्चनवनका लागि प्रस्थान गर्नेछ । कञ्चनवन महोत्तरीमा पर्ने अन्तिम स्थल हो । त्यसपछि धनुषाको पर्वता धनुषाधाम, सतोषर,औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ । नेपाल–भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ । परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप नष्ट हुने धार्मिक मान्यता छ ।