आरजे इर्साद
महोत्तरी, २९ फाल्गुन
महोत्तरी जिल्लाको जलेश्वरमा नगरपालिका कार्यालयको आयोजनामा नगरपालिका परिवार,जनसमुदाय सम्पूर्ण सम्माननीय नगरवासी, कर्मचारी, शिक्षक,व्यापारी,तथा जनप्रतिनिधिहरुमा आज एक अर्कालाई अविर लगाई होलीको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा नगर प्रमुख सुरेश साह सोनार,उप प्रमुख रौशन खातुन, प्रशासकीय अधिकृत जय कुमार साह, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायत समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख सोनारले सबैमा सुभकामना दिदै होलि पर्व भनेको अविस्मरणीयक तथा महत्वपूर्ण हो, जसले सम्पुर्णमा आत्मीयता तथा सुमधुर सम्बन्ध कायम राख्ने तथा एकताका प्रतीक मानिन्छ । साथै एकदमै शान्त बाताबरणमा साथीभाइ, इष्ट, मित्र, नातेदारहरु संग होलिमा रमाउनु पर्छ ।
कुनै किसिमको नकारात्मक प्रभाव नपर्ने कार्य हुदैन भनी आग्रह गरि शुभकामना व्यक्त गर्नुभयो ।

