आरजे इर्शाद शेख
महोत्तरी, ११ चैत्र
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ०२ स्थित ममज होटेलको हलमा जिल्ला बिपद ब्यबस्थापन समिति महोत्तरीको समन्वय तथा एकीकृत ग्रामीण बिकास समाज महोत्तरी र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आयोजनामा समुदायिक स्तरीय खोज तथा उद्वार तालिम कार्यक्रम अन्तरगत आज चौथो दिन सफलतापुर्बक सम्पन्न भएकोछ ।

संस्थाद्वारा सञ्चालित पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तरगत स्थानिय विपद ब्यबस्थापन समितिलाई क्षमता अभिवृद्धि गर्ने उदेश्यले २०८१ चैत्र ८ गते देखि तालिम सञ्चालन गरिएको थियो । कार्यक्रम नेपाली सेनाका श्री गोरखनाथ गण, सशस्त्र प्रहरी बलले सहजीकरण गरेका थिए । तालिममा विपदको परिचय, तराइ क्षेत्रमा आइ पर्ने विपदहरु र विपद आउदा कसरी प्रतिकार गर्न सकिन्छ भन्ने बिषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो ।

तालिममा विपद प्रतिकार्यको क्षेत्रमा बिज्ञ नेपाली सेनाका सेनानी ध्रुब कार्की, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक दिब्यराज चोङ्वाङ, स प्र स नि संजित कुमार मन्डल द्वारा सहभागी भएका ब्यक्तिहरुलाई आगलागी बाट बच्ने उपायहरु, बाढी डुवानबाट बच्ने उपायहरु र घाइतेहरुलाई कसरी उद्वार गर्ने जस्ता बिषयहरुको तरिकाहरुलाई सैद्धान्तिक तथा ब्यबहारिक( प्रयोगात्मक)अभ्यास गराइएको थियो । साथै भुकम्प, सर्पदंश बाट जिगिने उपाय र प्राथमिक उपचारका बारेमा तालिम प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारि उपेन्द्र न्यौपानेले आफ्नो मन्तव्य राख्दै आजको दिन अत्यन्तै खुशिको दिन हो किनभने यो विपद सम्बन्धि कार्यक्रम हाम्रो समुदायमा महत्त्वपूर्ण हो ।

यस्ता कार्यक्रम तथा तालिमले हाम्रो समुदायमा आइपर्ने विपदका समस्याहरुलाइ समुदायमा रहेका तालिम प्राप्त ब्यक्तिले केही हद सम्म प्रतिकार्य गरि आफ्नो समुदायलाई बढी जोखिम हुन बाट जोगाउन सक्छ । र मलाई शत प्रतिशत आशा छ कि यो तालिमले सहभागी भएका ब्यक्तिहरुको लागि निकै नै प्रभावकारि तथा उपयोगी हुनेछ ।

कार्यक्रमको अध्यक्षता आइ आर डि एस का उपाध्यक्ष फुलमाया घिसिङले गर्नुभएको थियो भने श्री गोरखनाथ गण बाट र सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरी, एकीकृत ग्रामीण बिकास समाजका कार्यक्रम ब्यबस्थापक कुमार भण्डारी, राजिब कुमार झा संस्थाका कर्मचारिहरु, पत्रकारहरु लगायत जिल्ला अन्तरगतका एकडारा गाउपालिका, सम्सी गाउपालिका, र जलेश्वर नगरपालिकाको शिक्षार्थिहरुको समेत सहभागीता रहेको थियो ।

