आरजे इर्शाद शेख
महोत्तरी, १८ चैत्र
नेकपा एमाले पार्टिको पुर्व निर्धारित संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास नारा सहितको जागरण अभियान कार्यक्रम अनुसार आज महोत्तरी जिल्ला जलेश्वर नगरपालिका वडा नं १ स्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पस आगाडिबाट नेकपा एमाले महोत्तरी जिल्ला कार्यसमितिको आयोजनामा नाराहरु गणतन्त्रबादि सबै एक हौ,नेकपा एमाले जिन्दावाद ,लाल सलाम ,के पि ओलि जिन्दावाद,लोकतान्त्रिक गणतन्त्र जिन्दावाद,गणतन्त्र विरोधि मुर्दावाद जस्ता नारा लगाउदै मोटरसाइकल एवं पैदल र्याली निकालिएको थियो ।
र्याली महोत्तरी जिल्ला अध्यक्ष बलिराम यादवको नेतृत्व रहेको थियो भने प्रमुख अतिथिको रुपमा जिल्ला ईन्चार्ज राम दयाल मणडल, अतिथिमा लोकप्रीय तथा समाजसेवि नेता राम आधार कापर, शंकर महतो पार्टीका नेता कार्यकर्ताहरु लगायत हजारौंको संख्यामा उपस्थिति रहेको थियोे । र्यालि जलेश्वर नगरपालिका १ र २ स्थित जलेश्वर बजार परिक्रमा गरी शिक्षा विकास तथा समन्वय ईकाइ अगाडि पुगी कोण सभामा परिणत भएको थियो । कार्यक्रम संचालन पार्टीका जिल्ला सचीव शम्भु ठाकुरले गरेका थिए । कोण सभामा जिल्ला अन्तरगत रहेका पार्टीका शिर्ष नेताहरुले प्रतिगमनको दुश्प्रयासलाई नाकाम बनाऔं र लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौं भन्दै मन्तब्य राखेका थिए ।

