" >
रतौली युवा क्लबद्वारा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य तथा आवश्यकता पहिचान शिविर सम्पन्न - Jaleshwortoday

रतौली युवा क्लबद्वारा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य तथा आवश्यकता पहिचान शिविर सम्पन्न

 २८ चैत्र २०८१, शुक्रबार २३:२६  
1

आरजे इर्शाद शेष
महोत्तरी, २९ चैत्र

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका र बलवा नगरपालिका CBM Global को आर्थिक सहयोगमा र रतौली युवा क्लबद्वारा सञ्चालित Collective Action for Inclusive Practices कार्यक्रम अन्तर्गत दुबै पालिकामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष स्वास्थ्य शिविर तथा आवश्यकता पहिचान शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
शिविरमा शारीरिक, दृष्टि, श्रवण, बोली लगायतका १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक रेफरल सेवा प्रदान गरिएको थियो।कार्यक्रममा सगरमाथ चौधरी आँखा अस्पताल, लहानका प्राविधिक चिकित्सकहरूद्वारा सेवा प्रदान गरिएको थियो। शिविरमा अपाङ्गता भएका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
शिविरमा महिला ३ सय २२ जना, पुरुष १ सय ५९ जना र १८ वर्ष मुनिका बालबालिका सहित कुल ७ सय ९३ जना सेवाग्राही सहभागी भएका थिए ।
परीक्षणका आधारमा थप उपचार आवश्यक परेका व्यक्तिहरूलाई HRDC बनेपा, सगरमाथ चौधरी आँखा अस्पताल लहान तथा प्रादेशिक अस्पताल जलेश्वरमा रेफर गरिएको छ भने सहायक सामग्री को नापजाच पनि गरिएको थियो ।
कार्यक्रम व्यवस्थापक रुपेश ठाकुर का अनुसार, “यस शिविरको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तिगत अवस्था तथा आवश्यकताको पहिचान गरी उनीहरूको जीवनयापन सहज बनाउने प्रयास हो। शिविरमार्फत संकलित तथ्यांकका आधारमा भविष्यमा सहायक उपकरण तथा सेवा पहुँच सुनिश्चित गर्नका लागि संस्थागत समन्वयमा काम अगाडि बढाइनेछ।”
कार्यक्रम सफल बनाउन रतौली युवा क्लब, HRDC (Hospital & Rehabilitation Centre for Disabled Children ), सगरमाथा चौधरी आँखा अस्पताल, महोत्तरी गाउँपालिका तथा बलवा नगरपालिकाको सहकार्य उल्लेखनीय रहेको थियो ।