जनकपुरधाम उपमहानगरद्वारा जारी किताबसूची प्रति नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आपत्ति – Jaleshwortoday

जनकपुरधाम उपमहानगरद्वारा जारी किताबसूची प्रति नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आपत्ति

 April 15, 2025  
images

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १ बैशाख

जनकपुरधाम उपमहानगरपालिका द्वारा जारी किताबसूची प्रति नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाले आपत्ति जनाएको छ । गत बैशाख २९ गते शुक्रबारको दिन जनकपुरधाम उपमहानगरले सामाजिक संजालमा २०८२ सालमा निजी विद्यालयहरुमा लागु हुने पाठ्यपुस्तक तथा केही पब्लिकिकेशन मात्रको नामाबली प्रकाशन गरेको कारण आफूहरु बाध्य भएर चैत्र ३१ गते बैठक बसी यस पालिकाले जारी गरेको किताबको सूचीमा आर्थिक चलखेल गरी अपार्दशी तरिकाले सिन्डीकेटको अन्त्य सिन्डीकेट नै गरी नियम विपरित पाठ्यपुस्तक लागु गरेको हुनाले सम्पूर्ण पुस्तक बिक्रेता,अभिभावक,विद्यार्थी तथा संस्थागत विद्यालयहरु मारमा परेको हुनाले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ घोर भत्र्सना गरेको मायनुटमा उल्लेख छ ।

3035574e-c2a8-4b53-8bc1-687d3bf4f1e9