विद्यालय शिक्षा ऐन असार १५ सम्म जारी गर्ने सहमति – Jaleshwortoday

विद्यालय शिक्षा ऐन असार १५ सम्म जारी गर्ने सहमति

 April 30, 2025  
1

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १७ बैशाख

विद्यालय शिक्षा एने आगामी असार १५ गतेसम्म जारी गर्ने सहमति भएको छ ।

बुधबार भएको सरकार र नेपाल शिक्षक महासंघबीच भएको छलफलमा शिक्षा ऐन जारी गर्ने सहमति भएको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

‘असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो, ‘सोही सहमित बोकेर अहिले मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा जानुभएको छ ।’

आजै मन्त्रिपरिषद् बैठक सकेर शिक्षकका मागबारे सम्बोधन गर्नेगरी निर्णय लिनेछ । मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गर्ने बताइएको छ ।

यो सँगै गत चैत २० गतेदेखि सडक रहेका शिक्षकहरूको आन्दोलन पनि स्थगित हुनेछ ।