जलेश्वरटुडे समाचारदाता
मोरङ, २४ वैशाख
कोशी प्रदेशमा तीन महिनाको अवधिमा प्रहरी ब्यारेक र जिल्ला कारागारमा गरी ६ जनाको मृत्यु भएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानवअधिकार अवस्थाका विषयमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र व्यारेकमा गरी ६ जनाको मृत्यु भएको छ ।
बितेको तीनमहिनामा कोशीप्रदेशको मानवअधिकारलाई विश्लेषण गर्ने हो भने मानिसको सबै भन्दा ठूलो अधिकार बाँच्नपाउनेअधिकारबाट १२ जनानागरिक विमुखभएको इन्सेक प्रदेश संयोजकमनोहर पोखरेलले बताउनु भयो । पोखरेलकाअनुसार प्रहरीब्यारेकभित्र एक जना सइसहित राज्यको नियन्त्रणमा भएका६ जनानागरिकले यस अवधिमाज्यानगुमाउनु परेकोछ । अन्यपक्षबाट ६ जनाको हत्यागरिएको छ । यसअवधिमा एक जनालाई जिउँदै जलाएर हत्याको प्रयासगरिएको छ ।
इन्सेकको अभिलेखअनुसार ०८१ पुस १६ गतेदेखि चैत १८ गतेसम्मको अवधिमाजिल्लाप्रहरी कार्यालय झापाको व्यारेकभित्र र कारागारमा गरी दुई जनाको मृत्यु भएको छ । जिल्ला कारागार मोरङका तीनजनार सुनसरी झुम्का कारागारमा एक जना गरी चार जनाको मृत्यु भएको इन्सेकले सार्वजनिक गरेको स्थितीसूचकमा उल्लेख छ ।
जिल्लाप्रहरी कार्यालय झापाको ब्यारेमाकानेपोखरी गाउँपालिका७ का ४९ वर्षीय सइ धनराज खतिवडाको फागुन ४ गते झुण्डिएर मृत्यु भएको र जिल्ला कारागार झापामाभद्रपुर नगरपालिका१ का ४० वर्षीय मदनसिलवालको माघ २९ गते मृत्यु भएको इन्सेकको स्थितीसूचकमा उल्लेख छ ।
जिल्ला कारागार मोरङमा रहेका बेलवारी नगरपालिका(४ का ६७वर्षीय अम्मरबहादुर राइको पुस २० गते, पथरीशनिश्चरे नगरपालिका(४ का जेठा भनिने जितबहादुर देवानको चैत १ गते र रतुवामाई नगरपालिका५ का २९ वर्षीय किसन टुडुको माघ २९ गते मृत्यु भएको इन्सेकको अभिलेखमा देखिन्छ ।
तीनमहिनाको अवधिमाताप्लेजुङको पाथीभरा मुकुम्लुङ क्षेत्रमाभएको आन्दोलनमाप्रहरीले सातजनामहिला र ४२ जनापुरूष गरी ४९ जनालाई गिरफ्तार गरेको छ । सो अवधिमा राज्य पक्षबाट भएका कुटपिटका घटनामा चार जनापुरूष घाइते भएका छन् ।
तीनमहिनाको अवधिमाकोशीप्रदेशमाराज्यपक्षबाट भएकामानवअधिकार उल्लङ्घनतथाज्यादतीका घटनामा ५९जना र अन्य पक्षबाट भएकामानवअधिकारविरूद्धका घटनामा ३ सय १६ जना गरी कूल ३ सय ७५ जना पीडित भएको इन्सेक कोशीले जनाएको छ ।
अन्य पक्षबाट भएका घटनामा घाइते पुरूष ३०, कुटपिट महिलादुई रपुरूष सात गरी नौ, अमानवीयव्यवहार घटनामा दुई जनापुरूष, हत्याका घटना दुई जनामहिला र दुई जनापुरूष गरी चार, अपहरण घटनामा एक जनामहिला, धम्कीका घटनामा एक जनापुरूष, बालअधिकारविरूद्धका घटनामा ४१ जना र महिलाअधिकारविरूद्धका घटनामा २ सय २८ गरी कुल ३ सय १६ जना पीडित भएका छन् ।
इन्सेकअभिलेखकाआधारमातीनमहिनाको अवधिमा २९ जनाबालिकाबलात्कार र १२ जनाबालिका यौन दुव्र्यवहारका घटनामा पीडित भएका छन् ।
महिलाअधिकारविरूद्धका घटनामा बलात्कार २६, बलात्कार प्रयास एक, यौनदुव्र्यवहार एक, परिवारजनबाट हत्यादुई, यौनजन्य साइवर अपराध एक र घरेलु हिंसामा १ सय ९७ गरी २ सय २८ जनामहिला पीडित भएका छन् ।
प्रदेश संयोजकपोखरेलले मानवअधिकारको संरक्षण एवम् सम्वद्र्धन गर्नेमुख्यदायित्व राज्यको भएकोले मानवअधिकारकासम्वन्धमा राज्य सम्वेदनशीलहुनु पर्ने बताउनु भयो । मानवअधिकार संरक्षण रसम्वद्र्धनकानिम्ति राज्यले ठोस, प्रभावकारी रहस्तक्षेपकारी नीति तथा कार्यक्रमहरू अवलम्वन गर्न इन्सेकको अभिलेखले सहयोग पुग्ने बताउनु भयो ।
