मुख्यमन्त्रीको विद्यालय अनुगमन – Jaleshwortoday

मुख्यमन्त्रीको विद्यालय अनुगमन

 May 15, 2025  
1

मधेस प्रदेशको मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य संस्थाहरुको अनुगमन पश्चात अहिले विद्यालयहरुको अनुगमन गर्न शुरु गर्नु भएको छ । विद्यालय नीजि तथा सरकारी स्तरमा संचालनमा रहेका छन् । मुख्यमन्त्री सिंहले अहिले सामुदायिक विद्यालयहरुको अनुगमन गर्नमा लागेका देखिन्छन् । यसरी एक दुई दिनको अनुगमनबाट मुख्यमन्त्री सिंहले विद्यालयको पठनपाठनदेखि विद्यालयमा संचालित दिबा खाजा,विद्यार्थी पोशाकको रकम लगायतका विषयहरुमा अनुगमन गर्नु भएको देखिएको छ जुन सबैको चासोको विषय बन्न गएको देखिन्छ । नेपालमा अहिले विद्यालय सुधारका योजनाहरु तथा विद्यार्थीहरुलाई निःशुल्क शिक्षाको मुहानको रुपमा सामुदायिक विद्यालय श्रेय जान्छ । ति सामुदायिक विद्यालयहरुमा जनताको सतप्रतिशत लगानी रहेको छ । समस्त सामुदायिक विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति रहेको कारण विद्यालय व्यवस्थापनमा ति समितिको अग्रणी भूमिका हुनुपर्दछ । कतिपय सामुदायिक विद्यालयहरुमा पठ्नपाठ्नदेखि अन्य विभिन्न कार्यहरुमा अनियमितता देखिएका छन् भने थोरै सामुदायिक विद्यालयहरु राम्रो व्यवस्थापनमा देखिएका छन् । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु तथा आम स्थानिय जनताले विद्यालय व्यवस्थापनमा आफ्नो जबाफदेहिता देखायो भने पकै पनि यस्ता अनुगमनको आवश्यकता पर्दैन र अनुगमन भए पनि अनुगमनको प्रतिवेदन राम्रो देखिने छ । अनुगमन तथा चेकजाँचबाट नै सहि तथ्य पत्ता लाग्ने भएकोले यस कार्यमा सबैले आ—आफ्नो स्थानबाट यस कार्यमा मुख्यमन्त्रीलाई सघाउन आवश्यक देखिन्छ।