आरजे ईर्शाद शेख
महोत्तरी, १२ जेष्ठ
एकीकृत ग्रामीण विकास समाज र वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत अति विपन्न घरपरिवारलाई लक्षित ग्राजुएसन कार्यक्रम एकडरा गाउँपालिका-२ बेलामा सम्पन्न भएको छ।
संस्थाकी सक्रिय सदस्य धनमाया मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा एकडरा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रमले अति विपन्न समुदायका परिवारहरूलाई आत्मनिर्भर बनाउन परियोजनाले पुर्याएको योगदान र तिनीहरूको सामाजिक तथा आर्थिक उत्थानमा देखिएको सकारात्मक परिवर्तनको चर्चा गरिएको थियो। सहभागी परिवारहरूलाई अब आफ्नै सीप र स्रोतसाधनमार्फत जीवनस्तर उकास्न प्रेरणा मिलेको छ।
स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायको सहकार्यमा परियोजनाले निम्न वर्गका नागरिकहरूलाई दिगो सुधारतर्फ डोहोर्याउने उद्देश्यले कार्यक्रम अगाडि बढाइरहेको छ।
कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, पत्रकार र IRDS कर्मचारी हारुको उपस्थित थिए ।
