जलेश्वरटुुडे समाचारदाता
काठमाडौं, ८ जेष्ठ
कोभिड–१९को रोकथाक तथा नियन्त्रणका लागी सबैले एकजुट भएर लाग्नु पर्ने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले बताउनु भएको छ । सरकारी, गैर सरकारी तथा निजि क्षेत्रको एकताबद्ध भएर मात्र कोरोना बिरुद्धको लडाईमा सफलता मिल्ने जोशीले बताउनु भएको छ । राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालले आयोजना गरेको भर्चुवल बैठकमा बोल्दै सुदूरपश्चिम सरकारकी प्रबक्ता समेत रहेकी जोशीले उक्त कुरा बताउनु भएको हो ।पहिलो र दोस्रो चरणको कोभि– १९ ब्यहोरेको नेपालले तेस्रो चरणको संकटपनी चाँडै ब्यहोर्नु पर्ने भएका कारण कोभिड बिरुद्ध सबै शक्ती एक हुन आबश्यक रहेको जोशीले बताउनु भयो । जोशिले भनिन् ‘हामीले अब केही समय भित्र तेस्रो चरणको भेरियन्ट ब्यहोर्नु पर्नेछ त्यसका लागी अहिलेदेखी तयारी गर्नुको बिकल्प छैन् । सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ मा आबश्यकता अनुसार खट्न नसकेको प्रदेश सभा सदस्य भरतबहादुर खड्काले बताए । भारतबाट आउने तथा देशभित्र पनि ब्यबस्थापनमा सरकार चुकेको खड्काले बताए । त्ससैगरी महोत्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य रानी शर्मा तिबारीले समेत धार्मिक गुरुहरु प्रति सरकार संवेदनशील भएर खोपको व्यवस्था गर्न जोडदार माग गर्नुभयो । त्यसैगरी अर्का वक्ताहरुमा सर्लाही जिल्ला समन्वय समिति अध्यक्ष मेथुर चौधरी,माधब नारायण नगरपालिकाको अध्यक्ष रंधिर प्रसाद यादव,रौतहटको गौर नगरपालिकाको उपाध्यक्ष किरन ठाकुर ,गढीमाई नगरपालिकाको मेयर श्याम यादव,सर्लाही हरिपुर नगरपालिकाको मेयर जमिरुद्दिन मंसुरलगायत विभिन्न जिल्लाबाट पालिकाका वडाध्यक्षहरुको उल्लेख्य मात्रामा यस कार्यक्रममा सहभाागिता रहेको थियो । बन्दाबन्दी खुले लगत्तै धार्मिक स्थलमा धेरै ठाउँमा भिडभाड हुने भएका कारण सरकारले खोप लगाउँदा धार्मिक अगुवा तथा पुजारीहरुलाई प्राथमिकता राख्नु पर्ने भन्दै राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन नेपाल)ले माग गर्दै आएको छ । धार्मिक अगुवाको स्वास्थ्य उपचारका स्वास्थ्य सामाग्री हस्तान्तरण तथा उद्धारमा प्राथमिकता राखेर काम गरेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनु भएको छ ।धार्मिक क्षेत्रका अगुवा ब्यक्तीहरु पनि उच्च जोखिममा रहने भएका कारण खोप लगाउँदा प्राथमिकतामा राख्नु पर्ने राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन नेपाल)का अध्यक्ष हर्षबहादुर थापाले बताउनु भएको छ । यस भर्चुअल बैठक कार्यक्रममा कार्यक्रम संयोजक नहिदा बानो ले संयोजन गर्नुभएको थियो भने प्रोग्राम अफिसर आशिष चौधरीले समेत प्राविधिक सहयोग गर्नु भएको थियो ।
