नेपाल प्याब्सन धनुषाले पदाधिकारीहरुलाई गरे सम्मान – Jaleshwortoday

नेपाल प्याब्सन धनुषाले पदाधिकारीहरुलाई गरे सम्मान

 August 18, 2021  
Nepal Pabson

जलेश्वरटुडे समाचारदाता
धनुषा, १ भाद्र
नेपाल प्याब्सन जनकपुरधाम नगर कार्यसमिति धनुषाद्वारा नगर अध्यक्ष पंकज ठाकुरको अध्यक्षतामा रे ईन्टरनेशनल एकेडेमि,रजौलको हाताभित्र मंगलबार आयोजित बैठकमा आवश्यक निर्णयहरु गर्नुका साथै पदाधिकारीहरुलाई सम्मान गरिएको छ । सो बैठकले संगठन शुदृढीकरण तथा विद्यालय संचालन गर्ने वा नगर्ने सम्बन्धमा विशेष निर्णयहरु गरेका थिए । सो बैठकमै नेपाल प्याब्सनको धनुषा जिल्ला सचिव मुरारी लाल कर्ण नेपाल सद्भावना पार्टिको गरिमामय पद धनुषा जिल्ला अध्यक्ष,नेपाल प्याब्सनको जनकपुरधाम नगर सचिव पवन कुमार साह नेपाल सद्भावना पार्टिको राष्ट्रिय प्रवक्ता तथा सम्पादन समितिको सदस्य र नेपाल प्याब्सनको नगर सदस्य राजा राम यादव जनमत पार्टिको सिरहा जिल्ला सदस्य पदमा विगतमा नियुक्त हुनु भएकोमा निजहरुलाई धनुषा जिल्ला अध्यक्ष विनोद यादवले टिका तथा माला लगाई सम्मान गर्नुभयो । नगर अध्यक्ष ठाकुरको बुवाले अन्य पदाधिकारीहरुलाई टीका लगाई दिएका थिए । नगर अध्यक्ष ठाकुरले सम्मानित साथीहरुले नेपाल प्याब्सनको विकासमा अझै सहयोग गर्ने अपेक्षा गर्नुभयो । बैठकमा सबै पदाधिका रीहरुको उपस्थिति रहेको थियो ।