जानकी मन्दिरबाट युवाहरुले च्यातेर फाले मुख्यमन्त्री राउतको प्रचारबाजी हुडिंग बोर्ड – Jaleshwortoday

जानकी मन्दिरबाट युवाहरुले च्यातेर फाले मुख्यमन्त्री राउतको प्रचारबाजी हुडिंग बोर्ड

 August 29, 2021  
Janaki Temple

जलेश्वरटुडे समाचारदाता
धनुषा, १२ भाद्र
युवाहरुले जानकी मन्दिर परिसरबाट मुख्यमन्त्री लालबाबु राउतको प्रचारबाजी हुडिंग बोर्डहरु हटाएका छन् ।
मुख्यमन्त्री राउतको तस्बीरसहित स्वच्छता अभियान, बेटी पढाउ बेटी बचाउ अभियान लगायतको विभिन्न नारा लेखिएको बोर्ड जानकी मन्दिर तथा छेउटाबाट युवाहरुले शनिबार बिहान च्यातेर फालेका हुन् । स्वच्छता अभियान र बेटी पढाउ अभियान चलाएर आफन्त भर्ती तथा अनियमिताको केन्द्र बनाएकाले बोर्डहरु हटाएको युवाहरुले बताएका छन् । स्वच्छताको नाममा करोडौं भ्रष्टाचार र जानकी मन्दिरमा पोस्टर लगाएर कुरुप बनाएकाले ती हुडिंग बोर्डहरु हटाएको मासका संयोजक सरोज मिश्रले बताए । युवाहरुले जानकी मन्दिर लगायतको कुनै पनि धार्मिक पर्यटकिय स्थलमा अन्य विषयक प्रचार प्रसार सामगी्र, बोर्ड, पर्चा पम्पलेट नलगाउन सचेत गारएका छन् । त्यस्ता पोस्टरहरु लगाए कानुनी उपचार खोज्ने युवाहरुले चेतावनी समेत दिएका छन् ।