एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन – Jaleshwortoday

एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन

 September 4, 2021  
Mcc

जलेश्वरटुडे समाचारदाता
काठमाडौंं, १८ भाद्र
काठमाडौंस्थित अमेरिकी दूतावासको गेट अगाडि अमेरिकी सहायता परियोजना एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रदर्शनको संयोजन गरेका माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य निर्ग जैसी सहित १० जना छन् । उनीहरू ब्याक अफ एससीसी, रिजेक्ट एमसीसी लेखिएको प्लेकार्डसहित महाराजगञ्जस्थित अमेरिकी दूतावास अगाडि पुगेका थिए । नेपालको हितमा नरहेको भन्दै एमसीसी खारेजीको मागसहित केही युवाहरूले आज प्रदर्शन गरेका थिए ।