महोत्तरीको बर्दिबासमा ट्रायल पास गरेकै दिन हातमा लाइसेन्स – Jaleshwortoday

महोत्तरीको बर्दिबासमा ट्रायल पास गरेकै दिन हातमा लाइसेन्स

 September 4, 2021  
Mahottari

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १९ भाद्र
यातायात व्यवस्था कार्यालय बर्दिबासले अब ट्रायल पास गरेकै दिन सवारीचालक अनुमति पत्र (लाइसेन्स) दिन सुरु गरको छ । एकवर्ष परीक्षण काल हुने छुट्टै लाइसेन्स वितरण सुरु गरेको हो । ट्रायल पास गरेकै दिन एकवर्षे परीक्षण काल भएको लाइसेन्स कार्यालयले उपलब्ध गराउन सुरु गरेको यातयात प्रमुख पोषन थापाले जानकारी दिए । एकवर्षका लागि क्यूआर कोडसहितको परीक्षणकालिन लाइसेन्स वितरण सुरु गरेको बताए । लिखित र ट्रायल पास गरेको वर्षदिनमा समेत स्मार्ट लाइसेन्स नपाउँदा धेरै सर्वसाधारणले सास्ती भोग्नु परेको छ । पछिल्लो समय स्मार्ट काड छपाई सादा कार्ड नभएर बन्द भएको हो । छापिए पनि ढिला गरी सर्वसाधारणलाई उपलब्ध गराउने गरिएको छ । एकवर्षे परीक्षणकालिन लाइसेन्स वितरणले सर्वसाधारणले राहत पाउने प्रमुख थापाको विश्वास छ ।