सिडिओ कार्यालय धनुषाका एक कर्मचारी अख्तियारको फन्दामासिडिओ कार्यालय धनुषाका एक कर्मचारी अख्तियारको फन्दामा – Jaleshwortoday

सिडिओ कार्यालय धनुषाका एक कर्मचारी अख्तियारको फन्दामासिडिओ कार्यालय धनुषाका एक कर्मचारी अख्तियारको फन्दामा

 September 8, 2021  
CDO

जलेश्वरटुडे समाचारदाता
धनुषा, २२ भाद्र
जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्माचारी ८ हजार रुपैयाँ घुससहित रंगेहात अख्तियारको फन्दामा परेका छन् ।
सेवाग्राहीसंग ८ हजार रुपैयाँ घुस लिइरहेका सिडिओ कार्यालय धनुषाका नायव सुब्बा उमेश चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले नियन्त्रणमा लिएको हो । नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने प्रयोजनामा घुस लिइरहेका चौधरीलाई मंगलबार साँझ जनकपुरको क्याम्पस चोकस्थित एक होटेलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।