महोत्तरी बर्दिबासका मेयर कार्कीले कानुन विपरीत करोडौंको ग्राइभेल बेचेको खुलासा – Jaleshwortoday

महोत्तरी बर्दिबासका मेयर कार्कीले कानुन विपरीत करोडौंको ग्राइभेल बेचेको खुलासा

 September 14, 2021  
Mahottari

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २८ भाद्र
बर्दिबास नगरपालिका प्रमुख विदुर कार्कीले कानुन विपरीत पोखरी खन्ने नाममा नदी जन्य पदार्थ उत्खनन निकासीको ठेक्का दिएर करोडौंको अनियमितता गरेको खुलासा भएको छ ।
बर्दिबास नगरपालिकाले मेयर कृषि कार्यक्रम अन्तर्गत माछा पोखरी उत्खनन गर्दा नदीजन्य पदार्थ निष्कासनमा कानुन विपरीत ठेक्का दिई व्यापक अनियमितता गरेको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा पाइएको छ । प्रतिवेदन अनुसार नगरपालिकाले प्रचलित कानुन विपरीत मिति २०७७ जेठ २९ गते र २०७७ जेठ २७ गत रोशन कन्ट्रक्सनलाई १५ लाख घन मिटर ग्राइेभल निश्कासन गर्न २ करोड ३९ लाख २० ५ सयमा र शिवालय दिवा जे भीलाई एक लाख घनमिटर ग्राइेभल निश्कासन गर्न ७९ लाख ७३ लाख २८० मा सोझै ठेक्का सम्झौता गरेको थियो । नगरपालिकाले नदीजन्य पदार्थको आय ठेक्का प्रचलित कानुन बमोजिम प्रतिस्पर्धाबाट गर्नुपर्ने प्रावधान छ । सो अनुसार नदिजन्य पदार्थ निष्कासनको प्रतिस्पर्धा नगराई सोझै दिएकोले कानुनको अनुसार नगरेको महालेखा परीक्षकको ठहर छ । त्यति मात्र होइन ठेक्का लिएका दुबै ठेकेदारले ग्राइभेल निष्कासन गरेको सम्पूर्ण रकम समयमा दाखिला नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । दुबै ठेकेदारले सम्झौता शर्त अनुसार समयमा रकम दाखिला नगरेकाले बैंक जमानत जफ्तसहित जरिवाना समेत गरी १ करोड ८९ लाख १७ हजार ७६२ रुपैयाँ असुल गर्न महालेखा परीक्षकले भनेको छ । रोशन कन्ट्रक्सनले मात्र ६० लाख बैंक दाखिला गरेको छ । रोशन कन्ट्रक्सनबाट बाँकी १ करोड ७९ लाख २० हजार ५ सय र शिवालय दिवा जेभीले ग्राइभेल निष्कासन गरेको ६२५४ घनमिटरको ९ लाख ९७ हजार २६२ रुपैयाँ अशुल गर्न बाँकी रहेको उल्लेख छ । नगरपालिका श्रोतका अनुसार मेयर कार्कीले मोटो रकमको सेटिंगमा दुबै ठेकेदार कम्पनीलाई कानुन विपरीत सम्झौतामा सोझै ग्राइभेल निष्कासनको ठेक्का दिएका थिए । प्रदेश २ मै सबभन्दा नदी दोहन हुने नगरपालिका बर्दिबास रहेको छ । बर्दिबासका मेयर खोला उत्खनन गराउनेमा बादसाहका रुपमा चर्चित छन् । उनले नगरभित्रको खोला अवैध रुपमा उत्खनन गराउन क्रसर माफियाको सेटिंग गर्ने गरेको आरोप लाग्ने गरेको छ । सोहि कामबाट मेयर कार्कीले रोडौंका अकुत सम्पति जोडेको व्यापक चर्चा छ । बर्दिबास नगरभित्र दर्जनौ क्रसरहरु सञ्चालनमा छ । केहि क्रसरमा गोप्य लगानी मेयर कार्कीको पनि रहेको स्थानीयले बताएका छन् ।