नेपाल सद्भावना पार्टीले जनताको आवाज बन्नुपर्छ – Jaleshwortoday

नेपाल सद्भावना पार्टीले जनताको आवाज बन्नुपर्छ

 September 14, 2021  
Education

स्व.गजेन्द्र्र नारायण सिंहद्वारा स्थापित नेपाल सद्भावना पार्टीको करिव ३१ वर्ष भइसकेको छ । नेपालमा मधेस तथा मधेसीहरुको पहिलो पटक अगुवाई गर्ने मसिहाको रुपमा स्व.गजेन्द्र नारायण सिंह चिपरिचित हुनुहुन्छ । वहाँले मधेसको लागि आफ्नो सर्बस्व बलिदान गर्नुभयो जुन अमर छ । मधेसका वर्तमानको दिग्गज नेताहरुले वहाँको एजेण्डाहरुको आँडमा आफूलाई स्थापित गरे तथा मोटा भए । मधेसका मुद्दाहरु भन्दा आफ्नो स्वार्थलाई प्र्राथमिकता दिए । त्यसकारण ती नेताहरुको अवस्था चिन्ताजनक छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आफ््नो प्रतिभा देखाउन सफल गजु बाबुले मधेसको अवस्थाको बारेमा चिन्तन गर्दै एक चोटि भन्नुु भएको थियो की जब सम्म मधेसका युवाहरु राजनैतिक नेतृत्व गर्दैन तबसम्म मधेस सबल तथा अधिकार समपन्न हुदैन । २०७६ सालमा निर्वाचन आयोगमा पुनःदर्ता गराउन सफल २६ वर्षिय नेसपा अध्यक्ष राम कुमार महतोले गजु बाबुको छायाँको रुपमा युवा शक्तिलाई जोड्नमा तल्लिन देखिन्छ । गजु बाबुले भन्नु भएको वाक्यांश अब पुरा हुने देखिन्छ । किनभने अहिले मधेसका करिब सबै पार्टीले जनताको विश्वास तोडि सकेको परिवेशमा नेसपाले जनताको आवाज बन्ने मौका प्र्रचुुर देखिन्छ । नेसपाले अझै व्यवहारिक तथा हमदर्द बन्न जरुरी छ।