प्रदेश नं. २ का मुख्यमन्त्री,प्रदेश सांसद,स्थानिय जनप्रतिनिधिहरु लगायतका नेताहरु कोरोनादेखि लापरबाह रहेको देखिन्छ । राजनैतिक विभिन्न कार्यक्रम तथा भेलाहरुमा समेत यी नेताहरुले मास्कको प्रयोग गरेको देखिदैन । विभिन्न भोज भतेर तथा बैबाहिक कार्यक्रमहरुमा समेत मास्कको प्रयोग गरेको पाइदैन । ज्यान सबैलाई प्यारो छ । झन् राजनैतिक जिम्मेबारी तथा देशको नेतृत्व हाक्ने ओहदाका व्यक्तित्वहरुले यसरी असाबधान हुनु आफुलाई असुरक्षित राख्नु हो । यसले आम जनतामा समेत नकारात्मक प्रभाव पार्ने देखिन्छ । जसरी एउटा जड्याहा चिकित्सकले बिरामीलाई लामो समयसम्म चेकजाँच गर्न सक्दैन, त्यसरी नै असुरक्षित नेताले आफ्नो जनतालाई लामो समयसम्म नेतृत्व प्र्रदान गर्न सक्दैन । त्यसकारण जनतालाई निर्देशन गर्ने निकायले पनि कोरोना विरुद्धको साबधानी अपनाउन जरुरी छ । कोरोनाले धनी वा गरिव भनेर चिन्दैन । यसले कसैलाई पनि कुनै पनि बेला आफ्नो शिकार बनाउन सक्ने भएकोले राजनैतिक जिम्मेबारी पाएका नेताहरुले समेत कोरोनासँग डराउनु जरुरी छ । साथै मास्क लगाउने,सेनिटाइजर प्रयोग गर्ने,साबुन पानीले हात धुने जस्ता सावधानीहरु अपनाउन जरुरी छ । यी नेताहरुले आफू मास्क लगाउनु का साथै जनतालाई समेत मास्क तथा अन्य साबधानी अपनाउन आग्रह गर्नुपर्छ ।
